गुल्मी -गुल्मीको इस्मा गाउँपालिका–३ दर्लामचौरका रामबहादुर मुखियाको झारफुकका क्रममा तातो फलामले डाम्दा मृ;त्यु भएको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा झारफुक गरी सन्चो बनाउने बहानामा तातो फलामले डा;म्दा ६४ वर्षिय मुखियाको ज्यान गएको छ, भने दुई जना घाइते भएका छन् । बुधबार दिउँसो १२ बजे मुखियालाई झार;फुक गरि सन्चो बनाउने बहानामा तातो फलामले डाम्दा मृ;त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।
मालिका गाउँपालिका–६अर्जे स्थायी घर भई हाल रेसुङ्गा नगरपालिका–१ तीनधारामा भाडामा अस्थायी टहरा बनाई बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्बाट खुल्न आएको पन्तले बताउनुभयो ।
मुखिया ढाड दुख्ने बिरामी भई झारफुकका लागी गत पुस २५ गते देखि निरन्तर श्रेष्ठको साथमा हुनुहुन्थ्यो । साथै मुखिया सँगै रहेका उहाँका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका–५ का पुनबहादुर दमाइकी श्रीमती टोपला दमाई पनि तातो फलामले डा;म्दा घाइते भएको प्र;हरीले जनाएको छ ।
घाइतेहरुको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । श्रेष्ठ दम्पत्ती प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको बारेमा थप अनु;सन्धान भइरहेको प्रहरीले जनाएको छ ।