भुवन काफ्ले /मुसिकोट गुल्मी/नबखबर
गुल्मी -केन्द्रीय परिपत्र अनुसार नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ मुसिकोट नगरपालिकाको आयोजनामा मुसिकोटको केन्द्र वामीटक्सारमा बि;रोध सभा हुने भएको छ ।
बर्तमान सरकार अ,धिनाय,कवादको पर्याय भएको र संसद बिघटन जस्तो अ;सम्बैधानिक काम गरेको साथै बर्तमानको नेकपा पथभ्र;ष्ट भएकोले नगरिकलाइ सा;स्ती बेहोर्नु परेकोले बिरोधका कार्यक्रम गर्नुपरेको नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति सुदर्सन शाक्यले नबखबरलाइ जानकारी दिनुभयो ।
देशभर एकसाथ माघ ३ गते शनिबारका दिन हुने बिरोध सभालाइ सफल पार्न भन्दै नगरपालिका भित्रका नौ वटै वडाका वडा सभापतिहरुसंग समन्वय गरि बढी भन्दा बढी संख्यामा उपस्थित भै बि;रोध कार्यक्रमलाई सफल बनाउनको लागि आजै बाट सक्रिय भएर लाग्न समेत नगर सभापति सुदर्शन शाक्यले हस्ताक्षर गरेको प्रेस वि;ज्ञप्तिमा उल्लेख गरिएको छ।
देशभरिका प्रत्येक स्थानीय तहमा एकैसाथ हुन लागिरहेको कार्यक्रमा मुसिकोटको हकमा नगरको केन्द्र रहेको ठाउ वामिमा गर्न लागिएको र यो बृहत् भेला भएकोले आम लो,कतन्त्रप्रेमी जनसमुदायलाई दिनको साढे ११ बजेको समयमा सहभागी हुनको लागि अनुरोध गरिएको काङ्ग्रेसले जनाएको छ ।