बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा ट्याक्टर दु*र्घट*ना हुँदा एक जनाको मृ*त्यु भएको छ ।
मंगलबार राति करिब ११ः५५ मा काठेखोला गाउँपालिकाको अक्षेतेदेखि बागलुङ बजार आउँदै गरेको ध १ त ४७१२ नम्बरको ट्याक्टर बोक्सेमा दु*र्घट*ना हुँदा चालकको मृ*त्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिनुभयो ।
दु*र्घटना*मा परी म्याग्दीको धौलागिरी गाउँपालिका वडा नम्बर ७ मुनाका २९ वर्षीय केस पुन मगरको मृ*त्यु भएको भण्डारीको भनाई छ ।
ट्याक्टरमा दुई जना सवार रहेकोमा सहचालक भने सकुशल छन् । ट्याक्टर बोक्से खाल्डेदेखि करिब १ सय ५० मिटर तल खसेको बताइएको प्रहरीले जनाएको छ।
श्रोत आदर्श संचार
यो पनि पढ्नुहोस्
डोटी । अटो दु*र्घट*नामा परि एकजनाको मृ*त्यु, चार घा*इते भएका छन् ।
शिखर नगरपालिका– ८ तिलताली नजिक अटो रिक्सा दु*र्घट*ना हुँदा बुधबार एकजनाको मृ*त्यु भएको छ भने चारजना ग*म्भी*र घा*इते भएका छन् ।
दु*र्घटना*मा शिखर–३ का ५३ वर्षीय पदम जोराको मृ*त्यु भएको हो ।
घा*इते हुनेमा शिखर–३ का १८ वर्षीय अर्जुन पार्की, सोही वडाका अटो चालक ४१ वर्षीय दीपक जोरा, ४० वर्षीय जीत जोरा र १७ वर्षीय नरेश पार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्द्रबहादुर मल्लले जानकारी दिए ।
घा*इते*मध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलाली सिफारिस गरिएको तथा दुई जनाको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
अटोमा सातजना सवार रहेको र अन्य दुईजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।-रासस