बागलुङ : माघेसक्रान्तीको अवसरमा बुर्तिबाङमा दोस्रो बुर्तिबाङ कप—२०७७ फुटबल प्रतियोगिता हुने भएको छ ।
बुर्तिबाङ फुटबल क्लवको आयोजनामा पौष २७ गतेदेखि माघ ३ गतेसम्म प्रतियोगिताको हुन लागेको क्लवले जनाएको छ । प्रतियोगिता उत्तरगंगामाध्यमिक विद्यालयको खेल मैदानमा हुने क्लव अध्यक्ष शमसेर विश्वकर्माले जानाकारी दिए ।माघे संक्रान्तिको अवसरमा आयोजना गरिएको प्रतियोगीता सेभेन–ए साइड हुने छ ।
प्रतियोगितामा बागलुङसहित विभिन्न जिल्लाका १६ टिमको सहभागि हुने क्लव अध्यक्ष विश्वकर्माले बताए । फुटबल प्रतियोगितामा प्रथम हुने
प्रतियोगिले ५१ हजार ५१ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो हुनेले २५ हजार २५ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।
प्रतियोगिताको लागि २ लाख १३ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि क्लवले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु र व्यवसबाट सहयोग संकलन गरेको छ ।
हालसम्मकरिब ६० हजार बढी सहयोग प्राप्त भएको क्लवले जनाएको छ । गत वर्षदेखि स्थापना भएको क्लवले खेल क्षेत्रलाई प्रवद्र्धनका
लागि चासो देखाएको छ । क्लवले १ सय ७ जना प्रशिक्षार्थीहरुलाई निःशुल्क प्रशिक्षण समेत दिएको बताइएको छ ।
श्रोत बागलुङ पोस्ट