सिवाइसीको एकिकरण अभियान तीव्र ,२९ सहकारी एकिकरण

सुवास आचार्य/ बागलुङ

बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्था र जैमिनि नगरपालिका वडा नम्बर ६ मा रहेको अर्जेवा बचत तथा ऋण सहकारी सस्था बीच एकिकरण घोषणा भएको छ ।

बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समय सहकारी एकीकरणको अभियानलाई व्यापक बनाउँदै गएको हो । नेपालमा सबैभन्दा भढी सहकारी एकीकरण गरी पुरस्कृत भएको सहकारीले हालसम्म बागलुङ र म्याग्दीका २९ वटा सहकारी एकिकरण गरिसकेको छ ।

भने दर्जन भढी सहकारी एकिकरण हुने प्रक्रियामा रहेका छन् । सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पूँजीलाई एकत्रित गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ एकिकरण अभियानलाई तिब्रता दिएको हो ।

अर्जेवा वचत तथा ऋण सहकारी सस्थाको आठौ वार्षिक साधारण सभाको अवसरमा एकिकरण घोषण भएको थियो । घोषण कार्यक्रममा वोल्दै जैमिनि नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष कृष्ण वहादुर पुनले सहकारी संस्था टिकिरहनको लागि दूरदृष्टि भएका र उदाहरणीय सञ्चालक, दक्ष र व्यावसायिक कर्मचारीवाट

सदस्यको लागी हितकारी सेवा दिन सक्ने सहकारी निर्माण हुनु पर्ने बताए ।सहकारी संस्था खोल्नभन्दा सञ्चालन गर्न गाह्रो हुने भएको सिवाईसी संग व्यावसायिक दक्षता र क्षेमता रहेको भन्दै प्रविधिसँग रमाएर सदस्य सेवा दिने बताए ।

कार्यक्रममा सिवाइसी वचत तथा ऋण सहकारी सस्थाका केन्द्रीय अध्यक्ष एवं नेफ्स्कोनका संचालक चण्डी प्रसाद शर्मा पौडेलले जिल्लामा संख्यात्कम सहकारीले मात्र सदस्य मैत्री सेवा दिन नसक्ने भएकोले अव गुणात्कम वनाउन लागिएको बताए ।

देशको संघीय सहकारी ऐन २०७४ को परिच्छेद १५ दफा ८७ मा सहकारी एकीकरणसम्बन्धी व्यवस्था गरिएकोले एक–आपसमा एकीकरण हुन चाहने सहकारी संस्थाहरूले तयार पारेको सर्त तथा कार्यविधि र अवधारणपत्र सम्बन्धित संस्थाहरुको

साधारणसभाबाट पारित गरी सम्बन्धित निकायबाट अनुमति लिएर सहकारी संस्थाहरू एकीकरण गर्न सकिने बताए । कार्यक्रममा सिवाईसी साकोसका केन्द्रीय संचालक तथा कुश्मीशेरा सदस्य सेवा केन्द्रका संयोजक कृष्ण रिजाल,

ग्लोवल आईएमई वैक कुश्मीशेरा शाखा प्रवन्धक हरि प्रसाद शर्मा, अर्जेवा बचत तथा ऋण सहकारी सस्थाका सल्लाहकार याम वहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

एकिकरण घोषण पश्चात अर्जेका वचत तथा ऋण सहकारीका अध्यक्ष दल वहादुर थापाको संयोजकत्वमा सेवा केन्द्र संचालन तथा व्यवस्थापन उप समिति गठन गरिएको छ ।

छोटो समयमा धेरै सहकारी संस्था एकिकरण गर्न सफल सिवाइसी साकोस नेपालकै पहिलो हो । बागलुङमा स्थापना भई बचत तथा ऋणको काम गर्ने एकल उद्देश्य बोकेका सहकारीले हालै गण्डकी प्रदेशको सहकारी विभागवाट साविक धौलागिरी अञ्चलभर कार्यक्षेत्रको स्कृती पाएको छ ।

एकिकरणसँगै सहकारीको कारोवार र शेयर सदस्यको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सहकारीले जनाएको छ । २९ वटा सहकारी संस्था एकिरकण भई बनेको सहकारीले हाल शेयर सदस्य १२ हजार ९सय ५७, शेयर पुंजी

२३ करोड १८ लाख ४० हजार ५सय , संस्थागत पुंजी ६ करोड ८९लाख ८४ हजार ५७, कुल सम्पत्ती १ अर्व ७५ करोड २९ लाख १८ हजार १३, पुगेको छ ।

६३ जना कर्मचारी मार्फत ११ ठाउवाट सेवा दिदै आएको सहारीले आगमी महिना भित्र १५ स्थामा सेवा विस्तार गर्ने तयारी थालेको सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्योपानेले बताए।

सहकारीले १९ प्रकारका बचत सुविधा, १९ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ । एटिएम ,मोवाईल वैकिङ क्युआर कोड लगाएतका डिजिटल प्रविधि वाट समेत सदस्यलाई सेवा दिदै आएको छ ।बागलुङ पोस्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय