जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश गम्भीर मोडमा पुगेका बताएका छन् ।
उनले भने, अज्ञानी व्यक्तिको हातमा देशको नेतृत्व गएपछि यस्तै हुन्छ, प्रधानमन्त्री ओलीलाई देश हाँक्ने ज्ञान थिएन, उहाँले जबरजस्ती चलाइरहनु भएको थियो । आज देशको अवस्था त्यसैको नतिजा हो ।’
देशका लागि संसद पुनःस्थापना मात्र समस्या समाधान नहुने बताउँदै उनले संसद पुनःस्थापनाका साथै संविधान संशोधन पनि आवश्यक रहेको उनले बताए ।
हतारमा संविधान लेखिएको कारणले आज देशमा संवैधानिक संकट उत्पन्न भएको बताउँदै उनले संविधान संशोधन नभएसम्म देशको समस्या समाधान नहुने बताए ।
बारामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुको माग संसद पुनःस्थापनाका साथसाथै संविधान संशोधन पनि रहेको बताए ।
नेपाली काँग्रेस तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेर केही नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
बारा जिल्लाको क्षेत्र नम्बर ३ को कलैया उपमहानगरपालिका १५ मा जसपा नेपालले आयोजना गरेको एक कार्यक्रममार्फत ती नेताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
नव प्रवेशीलाई जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सोनलले माला लगाएर स्वागत गरेका थिए ।
श्रोत रातोपाटि
यो पनि पढ्नुहोस्
गुल्मी- जिल्लाको गुल्मीदरबार गाउँपालिकाले गाउँपालिका भित्रका ७ वटै वडामा पुगेर अपाङ्ग परिचयपत्र वितरण गरेको छ ।
गाउँपालिका भित्र रहेका अपाङ्गता भएका नागरिकहरुको पहिचान गर्ने तथा राज्यबाट प्राप्त सेवा सुविधाबाट बन्चित हुन् नपरोस् भन्ने उद्देश्यले वडा स्तरबाटै ४१ जनालाई परिचयपत्र बितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
जसमा महिला १५ जना र पुरुष २६ जना रहेको गाउँपालिकाले जनाएको छ । जसमा ‘क’ वर्गका महिला दूई जना र पुरुष एक गरी तीन जना छन् । ‘ख’ वर्गका महिला चार जना र पुरुष छ जना गरी १० जना छन् । ‘ग’ वर्गका महिला सात जना र पुरुष १४ जना गरी २१ जना छन् । ‘घ’ वर्गका महिला तीन जना र पुरुष चार जना महिला गरी सात जना छन् । योसँगै गाउँपालिकामा अपाङ्ग परिचयपत्र लिनेको संख्या २८३ जना रहेको पाण्डेले जानकारी दिए ।
परिचयपत्र वितरणको लागि सञ्चालन गरिएको घुम्ती शिविरमा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा, उपाध्यक्ष मिना भण्डारी, मेडिकल अधिकृत डा। आषुस रिजाल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद अर्याल लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।