सन्तोष महतारा /गुल्मी
गुल्मीको रेसुंगा नगरपालिका २ का १६ बर्षीय सुनिल विक आ;र्थीक अभावमा अस्पतालमा ब;न्धक भएका छन् । १० दिन उपचारपछि अस्पतालले डि;स्चार्ज गरेपनी गरेको तीन लाख १५ हजार तिर्ने उपाय नभएपछि बिरामी मजदुर विक अस्पतालमा ब;न्धक भएको उनका बुबा सहबिर बिकले जानकारी दिए ।
दु;र्घटना;मा परेका बिक तम्घासका ब्यबसायी पृतम क्षेत्रीको नेटमा तारजाली बिच्छाउने काम गर्थे । दिनभर काम गरेर राति फर्कने बेला रेसुंगा नगरपालिका १३ मा गत पुस ३ गते दु;र्घटना;मा परेका हुन् । उनलाई ढाँडमा ग,म्भीर चोट भएपछि उपचारको लागि सोहि दिन पाल्पाको लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास लगिएको थियो । उपचारपछि अस्पतालले विकलाई आइतबार डि;स्चार्ज गयो ।
तर, १० दिन उपचार गरेको तीन लाख १५ हजार तिर्ने उपाय नभएपछि बिरामी मजदुर विक अस्पतालमा ब;न्धक भएको उनका बुबा सहबिर बिकले बताए । उपचार खर्च बुझाउन नसकेर अस्पतालकै ब;न्दक बन्ने भएपछि विकले जिल्लामा सहयोगको हार गुहार गरेका छन् । आफ्नो घरमा खाने अन्न समेत नभएको भन्दै उनका बुबा सहबिरले सहयोगको याचाना गरेका हुन। ।
काम गरेर फर्कदै गरेका विक दु;र्घटना;मा परेर अस्पतालमै अल;पत्र परेपछि सोमबार जिल्लामा मजदुरहरुले सहयोग संकलन गरिरहेका छन् । निर्माण मजदुर हकहित संरक्षण समिति नेतृत्वमा २७ हजार ५ सय संकलन गरेर परिवारलाई प्रदान गरिएको समितीका सल्लाहकार भुवन रानाले जानकारी दिए । घाइते सुनिलका बुवा सहविर रेसुङ्गा माबिकाका सुरक्षा गार्ड हुन् ।
उनलाई बिद्यालयमा प्रधानध्यापक प्रेमनारायण भण्डारीले बिद्यालयमा उठाएर ५४ हजार ५ सय हजार पठाएका छन् । घाइते बिकले काम गर्ने कम्पनीका व्यावस्थापक पृतम क्षेत्रीको सोमबार ३५ हजार पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पाल्पा र अस्पतालसंग समन्वय भइरहेकाले केहि उपाय नभए सरोकारवालासंग सहयोेग जुटाएर भएपनि उ;द्धार गर्ने बताइन् ।
अटो दु;र्घटना;मा चालक रेसुंगा नगरपालिका १२ का ३० बर्षीय तेजबहादुर राना र रेसुंगा नगरपालिका २ का १७ बर्षीय सुरज विकको मृ,त्यु भएको थियो । भने रेसुङ्गा नगरपालिका १२ का १७ बर्षीय रमेश खत्री, रेसुङ्गा नगरपालिका २ का १६ बर्षीय रोशन परियार, र १७ बर्षीय सुनील विक घाइते भएका थिए । गुल्मी दरबार गाउँपालिकाको गैँडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनि;यन्त्रित भएर दु;र्घटना;मा परेको थियो ।