बागलुङ : बागलुङका एक कोरोना संक्रमितको मृ’त्यु भएको छ ।
चितवनको भरतपुर सामुदायिक अस्पतालमा उपचाररत बागलुङ बडिगाड—५ का ७१ वर्षीय पुरुषको आईतबार साँझ नि’धन भएको बताईएको छ ।
स्वास्थ्य कार्यालय बागलुङका कोभिड—१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार उनी गत पुस १२ गते अस्पताल भर्ना भएका थिए ।
को’रोनाको लक्षण देखिएपछि परिक्षण गर्ने क्रममा पुस १४ गते पोजेटिभ देखिएका उनको १९ गते साँझ मृ’त्यु भएको घिमिरेले जानकारी दिए ।
ती पुरुषमा निमोनिया र मधुमेहको समस्या रहेको बताईएको छ । उनको परिवारका सदस्यको स्वाव संकलन सुरु गरिएको छ ।
को’रोनाका कारण उनी सहित बागलुङका ९ जनाले अहिलेसम्म ज्यान गुमाईसकेका छन् । अहिलेसम्म ९१३ जना संक्रमित भएकोमा २१ जना सक्रिय संक्रमित छन् । अन्य उपचारपछि निको भएर घर फर्केका छन् ।
पछिल्लो समयमा को’रोनाको लक्षण सहितका विरामीहरुको संख्या बढ्दै गएकोले स्वास्थ्य मन्त्रालयले तोकेका
सचेतना मापदण्डहरु अनिवार्य अपनाउनु आग्रह गरे ।- बागलुङ पोस्ट
यो पनि पढ्नुहोस्
बालबालिकालाई पढाउँदा तथा केहि नयाँ कुरा सिकाउँदा रमाईलो वातावरण बनाउनु पर्छ । जसले बालबालिकाले तपाईंले सिकाउनु भएको कुरालाई सजिलोसंग सम्झन सक्छ ।
तपाईंले जे कुरा आफ्ना बालबालिकालाई सिकाउनु हुन्छ सम्भव भएसम्म त्यसको भिडियो देखाएर सिकाउनुहोस् । त्यसो गर्दा बालबालिकाले सिकाएको कुरा राम्रोसँग बुझ्छन् र लामो समयसम्मका लागि सम्झिरहन्छन् । बालबालिकाको स्मरणशक्ति बलियो होस् भन्नाका लागि भिडीयो गेम, प्ले कार्ड्स तथा कुनै त्यस्ता कुराहरु समावेश गर्न सक्नु हुन्छ, जसले तपाईका बालबालिकालाई शिक्षा अथवा ज्ञान प्राप्त गर्न सहयोग पुगोस् ।
आफ्ना बालबालिकालाई केहि समयको लागि शिक्षक बन्न दिनुहोस् र आफुलाई ठुला साना सबै कुरा सिकाउ भन्नुहोस् । उनीहरुलाई बिज्ञानका कुराहरु भन्न लगाउनुहोस् । आफुले थाहा नपाए झै गाह्रो कुराहरु भन्न लगाउनुहोस् । त्यसरी तपाईका बालबालिकाले आफुले जानेका कुराहरु तपाईंलाई सिकाउँदा ठुलो स्वरमा भन्न लगाउनुहोस् । त्यसो गर्दा बालबालिकाले आवश्यक जानकारीहरु ध्यानमा राख्नुको साथै लामो समयसम्म यी कुराहरु सम्झिरहन्छन् ।
आफ्ना बालबालिकालाई उनीहरुको हरेक दिनको बारेमा सोध्नुहोस् । आज के के भयो भन्ने प्रश्न गर्न नबिर्सनुहोस् र उनीहरुले भनेका सबै कुरा ध्यान दिएर सुन्नुहोस् । त्यस्तै आफ्ना बालबालिकालाई घर भित्र होस् अथवा बाहिर सजिला प्रश्नहरु गरिराख्नुहोस् । घरमा भएका सामानहरुको नाम, काम र रंगहंरुका साथै घर बाहिर वरपरका सबै कुराहरुको बारेमा सोध्नुहोस् । उनीहरुलाई थाहा नभएका कुरालाई कारण खुलाएर बताउनुहोस् । जसका कारण बालबालिकाले त्यो कुराको बारेमा राम्रोसंग बुझ्छन् र लामो समयसम्म सम्झिरहन्छन् ।
कुनै महत्वपुर्ण कुरालाई भिन्दा–भिन्दै रगंले हाइलाइट गर्नाले अथवा अन्डरलाईन गर्नाले पनि बालबालिकाले महत्वपुर्ण जानकारीहरु लामो समय सम्म सम्झिरहन्छन् । रंगको प्रयोग गर्दा उनीहरुको ध्यान आकषर््ँित गर्ने किसिमको रंग हुनु पर्छ । जस्तै ट्राफिक लाइटमा भएका रगंहरुले आफ्ना महत्वपुर्ण जानकारीमा अन्डरलाइन गर्दा ती कुराहरु राम्रोसंग सम्झिन सहयोग हुन्छ ।
जसरी हामी खानेकुरालाई जसरी भाग लगाएर बाँड्छौं, त्यसैगरी बालबालिकाहरुलाई नयाँ नयाँ कुराहरुको जानकारी गराउने क्रममा ती कुराहरुलाई पनि स–साना भागमा विभाजन गरेर उनीहरुलाई बुझाउन सकियो भने उनीहरुलाई सम्झन सजिलो हुन्छ । आफ्ना बालबालिकालाई कथा अथवा कविता जस्ता साहित्यिक खुराकहरु पनि स–साना भागमा बाँढेर पढ्न लगाउनु पर्छ । त्यसो गर्दा तपार्इंका बालबालिकाले हरेक कुरा राम्रो र लामो समयसम्म सम्झिरहन्छन् ।