प्रधानमन्त्री ओली किन राती–राती राष्ट्रपतिलाई भेटेर फर्किए

राती–राती राष्ट्रपतिलाई भेटेर फर्किए प्रधानमन्त्री ओली, कतै संकटकाल लगाउने त हैन ?
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ। आएतबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले भेट गरेका हुन्। संसद विघटन पनि स्वत काम चलाउ भएका प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले अहिलेसम्म कुनै पत्र थमाएको छैन।

उल्टै प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रपतिले प्रतिक्रियाहरु दिइरहेकी छन्। संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आइतबार नै जवाफ फर्काएका प्रधानमन्त्री ओलीले पछिल्लो समयमा सार्वजनिक कार्यक्रमहरुमा दाहाल र नेपालको खिल्ली उँडाइरहेका छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक रुपमा आफूलाई कमजोर बनाउन खोजे राष्ट्रपतिलाई प्रयोग गरेर संकटकाल घोषणा गर्ने तयारीसमेत गरेको बताइएको छ। आइतबार रातीको भेटघाट पनि आगामी रणनीतिमा केन्द्रीत रहेको बताइएको छ।

यो पनि पढ्होस्
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ५० राउण्ड गोलीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बद्रीहाङ राई र मुनादेवी राई रहेको प्रहरीले जनाएको छ । उनीहरु नाताले आमाछोरा रहेको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थलबाट श्री एयरलाइन्सको जहाजबाट झापा भद्रपुर जान लागेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा लुकाएको अवस्थामा सो परिमाणको गोली फेला परेको हो । मुनादेवीको श्रीमान अवकास प्राप्त सईको श्रीमती रहेको जनाइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्
पैसा आयो कि भन्दै हरेक दुई दिनमा बैङ्कको चक्कर लगाउँसर्लाही । धनकौल गाउँपालिका, छोटौलका किसान रामानन्द राय यादव दुई/तीन दिन बिराएर बैङ्कमा पुग्ने गर्दछन् । आर्थिक कारोबारका लागि होइन, उनी अन्नपूर्ण सुगर मिलका तर्फबाट पाउनुपर्ने उखुको भुक्तानी आफ्नो बैङ्क खातामा आयो कि भनेर बुझ्न सातामै दुई÷तीन पटक बैङ्क पुग्ने गरेका हुन् ।

गत साता सरकार र उखु किसानबीच भएको चार बुँदे सहमतिअनुसार २१ दिनभित्र चिनी उद्योगले किसानको बक्यौता रकम भुक्तानी गर्ने सहमति भएसँगै उनी बैङ्कमा धाउन थालेका हुन् । भन्छन्– कर्जा तिर्नुछ, बैङ्कमा पैसा आउनेबित्तिकै त्यो निकालेर ऋण तिरिदिन पाए आनन्दले बस्न पाइन्थ्यो ।

रामानन्दमात्र होइन, छोटौलका करिब ८० किसानले अन्नपूर्ण सुगर मिलबाट चार वर्ष अघिकै उखुको भुक्तानी पाउन बाँकी छ ।

धिरजा राय यादव, महेन्द्र राय यादव, मेघु राय यादव, रामशंकर राय यादव, नागेन्द्र राय यादव, हृदय नारायण राय यादव, रामनरेन्द्र राय यादव, लालबाबु राय यादव प्रतिनिधिपात्र मात्र हुन् ।

उनीहरुजस्ता कयौं किसानले उक्त चिनी मिलबाट २०७४ साल कै उखुको भुक्तानी पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय