संसद विघटनविरुद्ध काँग्रेसद्वारा दोस्रो चरणको आन्दोलन गर्ने तयारि

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली काँग्रेसले दोस्रो चरणको आन्दोलन तय गरेको छ । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकले ३३० प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने निर्णय लिएको छ ।

पार्टीका शीर्ष नेता सम्मानित छलफलबाट पुस २५ गते सबै प्रदेश निर्वाचन क्षेत्र संसद विघटन विरुद्ध आन्दोलन गर्ने सहमति भएको छ । उक्त सहमति लिएर शीर्ष नेताहरु बैठक हलमा प्रवेश गरेका छन् । दिउँसो १ बजेलाई बोलाइएको बैठक ३ः३० बजेबाट सुरु भएको छ । बैठकमा नेताहरू धारण राख्ने क्रम जारी छ ।

यो पनि पढ्नुहोस्
राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आइतबार सर्वोच्चमा संसद् विघटन गर्नुको कारण पेश गर्ने भएको छ्।संसद् विघटन किन गरेको भनी सर्वोच्च अदालतले मागेको जवाफ आइतबार सर्वोच्चमा पेश गरिने भएको हो ।।

पुस १० मा सर्वोच्च अदालतले संसद् विघटनबारे कारण पेश गर्न आदेश दिएको थियो। आइतबार जवाफ पेश गर्ने अन्तिम दिन हो। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जवाफ पेश गर्नका लागि तयारी भइरहेको जानकारी दिए।

यी सबै जवाफ महान्यायधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा पेश गरिने छ। महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले अहिलेसम्म सम्बन्धित कार्यालयबाट जवाफ आइनसकेको जानकारी दिए। उनले दिउँसोसम्म सर्वोच्चमा जवाफ पेश गरिने बताए।

सर्वोच्चमा जावाफ पेश भइसकेपछि पुस २२ बाट यो विषयमा सर्वोच्चको संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय