काठमाडौँ संसद् विघटनको विरोध र हिन्दूराज्य सहित राजसंस्थाको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बृहत प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा विघटनपछि राप्रपाले शुक्रबार बृहत प्रदर्शन गरेको हो ।
प्रदर्शन काठमाडौँको बृकुटीमण्डपबाट सुरु हुँदै रत्नपार्कपुगी कोण सभामा परिणत भएको हो ।
प्रदर्शनमा राप्रपाका बरिष्ठ नेता कमल थापा, डा . प्रकाश चन्द्र लोहनी, पशुपती शमशेर राणलगायत अन्य नेताहरु उपस्थीत थिए ।
विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजादेखि कांग्रेस, कम्युनिष्ट, मधेसवादी र विल्लवसम्म अट्न सक्ने राजनीतिक प्रणालीको विकासको माग गरेका छन् ।-न्यू सञ्चार