चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वको चार सदस्यीय टोली आज चिन फर्किएको छ ।बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानबाट टोली फर्किएको हो ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन देखिएपछि आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेपालामा रहदा नेकपा मिलाउन हदैसम्म प्रयास गरेको बताइन्छ ।
टोलीले काठमाडौं आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी(प्रचण्ड-नेपाल)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसँग पनि भेटघाट गरेको थियो।
कुटनितिक मर्यादा नै बेवास्ता गरेर नेकपा बिभाजनबाट जोगाउन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधिमण्डलले यस्पटक खास उपलब्धि हात नपारी फर्किएको र नेकपा मिलाउन असफल भएको बताइन्छ ।यस अघी पटक पटक नेकपाभित्रका असमझदारिलाई नेपालका लागि चिनियाँ राजदू हाउ यान्छीले मिलाउँदै आएकी थिइन् ।