मन परेको”नामक तिज गितको छायाङकन सम्पन्न,१२ गतेसम्म रिलिजको तयारी

मुसिकोट गुल्मी,

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ वामीमैदानमा जन्मिएका लोक गायक कमल बराल र सदावहार गायिका देवी घर्तिको स्वरमा तयार पारिएको “मन परेको” नामक तिज गितको गत साउन ३ गते छायांकन सम्पन्न भएको छ ।

एकिन्द्र सारा शङकरको निर्देशन रहेको गितमा नेपालकै सर्वाधिक चर्चामा रहेका मुसिकोटका भभूमिपुत्र मोडल ओबि रायमाझी र अश्विनी शाहीले यो गितको मुख्य नृत्यको भूमिका निर्वाह गरेका छन भने स्थानिय कलाकार र रुद्रावती बहुमुखी क्याम्पसका दुई छात्रा गरी १४ जनाले सहायक नृत्यको भूमिका निर्वाह गरेका छन ।

कलाकार गणेश अधिकारीको शब्द सङ्गित रहेको गितमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन । आफ्नो स्वर्गीय बुवा ऋषिराम सापकोटाको स्मृतिमा छोरा यमलाल सापकोटाको लगानी रहेको “मन परेको” नामक गित मुसिकोट नगरपालिका वडानम्बर ८ वामी दाल्कामा छायांकन सम्पन्न भएको हो ।

यस गितमा गुल्मीसहित पाल्पा,स्याङ्जा,प्युठान,बाग्लुङ्ग,दाङ,पर्वत,रोल्पा, बुटवल,पोखरा,सुर्खेतको भूगोलको स्मरण गरी आफ्नो प्रेम प्रसङ्ग उठान गरेर मौलिक तिज गितलाई जिवन्तता दिने चेष्टा गरिएको छ।

स्थानीय स्तरमा प्रयोग हुने मौलिक शब्दसङ्गै अङ्ग्रेजी शब्दको समिश्रणले बुढापाकादेखि युवा,बच्चासम्म र गाउँदेखि शहरसम्मका सबैको भावनाको प्रतिनिधित्व गर्न खोजिएकोले गितले धेरैको माया पाउने अपेक्षा गरिएको छ ।

मालश्री स्टुडियोमार्फत कमल बराल नामक युट्युबबाट बजारमा ल्याउने तयारीमा रहेको उक्त गितमा सोनिका गज्मेरले शृङगार भरेकी छन । नवराज उप्रेतीको छायांकन , मनोज कार्कीको सम्पादन रहेको गित साउनको १२ गतेसम्म बजारमा ल्याउने तयारीमा रहेको गायक बरालले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर