रुद्रावती बहुमुखी क्याम्पसमा चौँथो वर्षका विद्यार्थीलाई बिदाइ

मुसिकोट गुल्मी,

रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार गुल्मीका चौँथो वर्षका विद्यार्थीहरुलाई मंगलबार बिदाई गरिएको छ ।

क्याम्पसको सभाहलमा सम्पन्न कार्यक्रममा प्रथम, द्वितीय र तृतीय वर्षका विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा क्याम्पस सन्चालक समितिका अध्यक्ष भुवन केसीले प्रमुख अतिथिको रुपमा बोल्दै बिदाई भएर जान लागेका विद्यार्थीहरुलाई शुभकामना व्यक्त गर्दै क्याम्पसको विगतदेखि हालसम्मका नतिजा सन्तोषजनक रहेको भन्दै क्याम्पसको चौतर्फी विकासको लागि सबैलाई आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा क्याम्पसका क्याम्पस प्रमुख हेमन्त घिमिरेले बोल्दै विद्यार्थीहरु यस क्याम्पसबाट बिदाई हुनु खुसीको र सफलताको विषय भएको उहाँले बताउनुभयो । बिदाइ नभएर एकैठाउँ भैरहनु सफलता नभएकोले एउटा प्रकृयाबाट बिदाइ गरेर अर्को प्रकृयामा स्वागत गर्न संस्था तैयार रहने भन्दै विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।

बिदाई भएर जाने विद्यार्थीको तर्फबाट कर्ण बहादुर नेपाली र चन्दना घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।आयोजकको तर्फबाट एकता काफ्ले र आरती रानाले बिदाइ भएर जाने विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा चौँथो वर्षका विद्यार्थीहरुलाई मायाको चिनो दिएर शुभभाव व्यक्त गरिएको थियो । बिपना काफ्लेको स्वागत मन्तव्य रहेको कार्यक्रममा भावना दर्लामीको अध्यक्षता रहेको थियो भने सचिना नेपालीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्राध्यापक टेक राहाडी र विष्णुप्रसाद आचार्यले सांगितिक प्रस्तुति प्रस्तुत गर्नुभएको कार्यक्रमको संयोजन शिशिर आचार्यको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय