गुरु सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा सन्चालन हुन लागिरहेको गुरु सम्मान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

वामी विश्व सम्पर्क मन्च अन्तराष्ट्रिय समन्वय समिति अन्तर्गत साँस्कृतिक समितिका संयोजकसमेत रहेका वैकुण्ठ रायमाझीद्वारा आयोजित कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

शनिबार महेन्द्र आदर्श नमुना माविको सभाहलमा हुन लागेको कार्यक्रममा आफूलाई अध्यापन गरेका गुरुको सुस्वास्थ एवम दीर्घायुको कामना गर्दै सम्मान कार्यक्रमको आयोजना गरिएको रायमाझीको भनाई छ ।

अँध्यारोबाट उज्यालोतिर डोहोर्याउने जीवनका ज्योति गुरुहरूको परिभाषा पछिल्लो समयमा साँघुरो बनेको महसुस गर्दै गुरुको स्थान र महिमा सधै उच्च रहने भन्दै नैतिक शिक्षा, सेवा र संस्कारमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

गुरुहरुको मनोबल उच्च राख्न, शिक्षा क्षेत्रलाई अनुशासित , मर्यादित र उच्च नैतिक संस्कारको जगको रुपमा स्थापित गर्न यो कार्यक्रम स्थापित हुने तत्कालिन वामी श्रोतकेन्द्रका श्रोतव्यक्ति टंकनाथ भण्डारीले अपेक्षा गरेको बताउनुभयो ।

कार्यक्रममा प्रतिस्पर्धात्मक रेकर्ड नृत्य सङ्गसङ्गै पदयात्रा कार्यक्रमसमेत तय गरिएको छ । मनोरन्जन मानवीय जीवनको अभिन्न अङ्ग भएकोले यसको हरक्षणमा आवश्यकता भएकोले कार्यक्रमसङ्गै आयोजना गरिएको र मनलाई स्वस्थ राख्न, मन शान्तिको लागि , आन्तरिक पर्यटन पर्वद्दनको लागि, शारीरिक तन्दुरुस्तीको लागि पदयात्रा अत्यावश्यक भएकोले त्रिपक्षिय कार्यक्रमको आयोजना गरिएको आयोजक रायमाझीको भनाइ रहेको छ ।

रेकर्ड नृत्यमा प्रथम पुरस्कार ११ हजार १ सय ११ द्विदीय पुरस्कार ७ हजार ७ सय ७७ र तृतीय पुरस्कार ५ हजार ५ सय ५५ रहेको छ भने पदयात्राको लागि आइतबार मुसिकोट ८ मा अवस्थित सालिमे दहको यात्रा तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय