गुल्मी, पुजा मगरको अभिनयमा पारी तारे भीर म्युजिक भिडियो सार्वजनिक भएको छ। गुल्मीको मुसिकोटमा जन्मेकी पुजा सानै उमेरदेखि नाच्नमा रुचि राख्दै स्कूल पढ्दा होस् वा अन्य मेला महोत्सव तथा विभिन्न प्रकारका प्रतियोगितामा भाग लिएर आफ्नो प्रस्तुती प्रस्तुत गरेर थुप्रै पुरस्कार जित्ने पुजा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्न सफल भएकी छिन् ।
भर्खरै बजारमा आएको पारी तारे भिर एल्बममा mt महर र शान्ति श्री परियारको आवाजमा रहेको छ। लय,शब्द अशोक देव परियारको रहेको छ भने सोही म्युजिक भिडियोमा अभिनय पुजा मगर , कुल बहादुर ओली र mt महरको रहेको छ । गीतले नीकै लोभ लाग्दा माया पिरतीका शब्दहरू समेटेको पाइन्छ भने सोही गीतको म्यूजिक भिडियोमा पुजा मगरको उत्तिकै उत्कृष्ठ अभिनय देख्न सकिन्छ ।



