मुसिकोट गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ३ नौबिसे निवासी ग्राफिक्स डिजाइनर शालिक खत्रीलाई व्हील चेयर र नगद हस्तान्तरण गरिएको छ ।
स्वदेश तथा विदेशमा रहनुभएका सहयोगीहरुद्वारा संकलित रकमबाट व्हील चेयर खरिद गरी शुक्रबार खत्रीकै निवासमा पुगेर सन्चार सहयोगी नवखबर अनलाइनको समुहले व्हील चेयर हस्तान्तरण गरेको छ ।
चेक रिपब्लिकबाट होटल व्यवसायी ऋषिराम गिरीले रकम संकलनको संयोजन गर्नुभएको थियो । जसमा स्वयम गिरी, वामी विश्व सम्पर्क मन्च नौमती साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ड रायमाझी , संङ्गिता खत्री, दिपक कार्कीको सहयोगमा २८ हजार रकम संकलन गरेर नेपाल पठाइएको र नेपालमा सन्चारकर्मी दिलु केसीले सहजिकरण गरी हस्तान्तरण गरिएको थियो ।
जसमा सामुदायिक रेडियो पुस्पान्जलि एफ एमका संचालक समितिका अध्यक्ष अर्जुन सापकोटाले नगद ५ हजारसमेत गरी ३३ हजार नगद रकम संकलन भएको थियो ।
सन्चारकर्मी के सीले आफ्नो वचनलाई सहर्ष स्वीकार गरी स्वदेश तथा विदेशमा रहेर रकम सङ्कलन गरी पठाउनु हुने सम्पूर्ण सहयोगी मनहरुलाई आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राख्दै धन्यबाद व्यक्त गर्नु भएको थियो ।
संकलित रकममध्ये २७ हजाको व्हील चेयर खरिद गरी बाँकी रकम र खानेकुरा एकसाथ हस्तान्तरण गरिएको थियो । शुक्रबार व्हील चेयर ग्रहण गर्दै शालिक खत्रीले सहयोग गर्नुहुने र संयोजन गर्नुहुने सबैलाई आभार व्यक्त गर्नुभएको थियो ।
खत्री शारीरिक रुपमा अशक्त भएपनि सामाजिक, राजनितिक, समसामयिक विषयको चिन्तन र विश्लेषण गर्ने बौद्दिक व्याक्तित्व हुनुहुन्छ । प्राविधिक क्षेत्रमा निकै अब्बल उहाँले जस्तोसुकै ग्राफिक्स डिजाइन पनि निकै आकर्षक र उत्कृष्ट ढङ्गले गर्ने गर्नुहुन्छ ।
एउटा ट्याबको सहायताले उहाँले समाचारलेखन, सम्पादन, प्रसारण र प्रकाशन गरेर बहुमुखी प्रतिभाको परिचयसमेत स्थापित गरेका उहाँले सबैको माया , साथ र समर्थन पाइरहनुभएको छ ।



