रामकृष्ण कँडेल
नेपाल रेडक्रस सोसाइटी मुसिकोट बडागाउँ उपशाखाको वार्षिक साधारण सभा यहि २०८२ साल माघ १७ गते शनिबार आयोजना हुने भएको छ। साधारण सभा उपशाखाकै कार्यालय, ठुलापोखरामा सम्पन्न हुने सचिब बोम छन्तेलले जानकारी दिनुभएको छ।
सचिब छन्तेलले जारी गरेको सूचनाअनुसार उक्त साधारण सभामा उपशाखासँग सम्बन्धित सबै आजीवन सदस्य, साधारण सदस्य, पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति अत्यन्त आवश्यक रहेको छ। सभामा गत आर्थिक वर्षका गतिविधिहरूको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुतिकरण, आगामी कार्ययोजना तथा विविध महत्वपूर्ण एजेन्डाहरूमा छलफल गरिने बताइएको छ।
साथै, सबै आजीवन सदस्यज्यूहरूलाई फोन तथा पत्रमार्फत जानकारी गराइसकिएको ब्यहोरा समेत उपशाखाले जनाएको छ। कुनै कारणवश जानकारी प्राप्त नभएका सदस्यहरूले समयमै सम्पर्क गर्न उपशाखा सचिब छन्तेल ले अनुरोध गर्नुभएको छ।
मानवीय सेवा, विपद् व्यवस्थापन, स्वास्थ्य तथा सामाजिक सेवामा क्रियाशील नेपाल रेडक्रस सोसाइटीको स्थानीय उपशाखाको साधारण सभा संस्थागत पारदर्शिता, सहभागिता र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसर हुने भएकाले सबै सदस्यहरूलाई समयमै उपस्थित भई सभालाई सफल बनाउन सचिब छन्तेल मार्फत हार्दिक आग्रह गरिएको छ।


