टिकाराम भट्टराई बागलुङ
राष्ट्रिय जनमोर्चा निसीखोला गाउँ समितिको अध्यक्षमा थमन घर्ति चयन हुनुभएको छ । पार्टीको निसीखोला गाउँपालिका स्तरिय भेलाले घर्तिको अध्यक्षतामा १५ पालिका स्तरिय समिति गठन गरेको जनाइएको छ ।
पार्टीका निवर्तमान अध्यक्ष खिम विक्रम शाही गण्डकी प्रदेशको प्रदेश सांसदमा निर्वाचित भए सगैँ रिक्त रहेको अध्यक्ष पदमा घर्तिलाई चयन गरिएको छ । भेलाले उपाध्यक्षमा भोटुकुमारी चन्द, सचिवमा मिलन हमाल, सह–सचिवमा लाल बहादुर सिजांली, कोषाध्यक्षमा वेग बहादुर खत्रीलाई चयन गरिएको राजमोले जनाएको छ ।
सोहि भेलाले ५ सदस्यीय सल्लाहकार समितिको चयन गरेको छ । यस्तै निसीखोला गाउँपालिकाको वडा नं. १ देखी ७ सम्मका वडामा वडा भेला सहित संगठन विस्तार अभियानलाई तिब्रता दिने र यहि पौष १७ र १८ गते विशेष प्रशिक्षणको कार्यक्रम गर्ने निर्णय समेत गरेको बताइएको छ । भेलामा गण्डकी प्रदेशको प्रदेश सांसद शाहीको विशेष उपस्थिति रहेको थियो ।