गुल्मी , मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सार निवासी सुन्तले सापकोटा परिवारद्वारा ८४ वर्ष पार गरेका वृद्दवृद्दाहरुलाई सम्मान गरिएको छ ।
शनिबार कुशेऔँशी( बाबुको मुख हेर्ने दिन ) को अवसर पारेर उहाँहरुको दीर्घायू, सु स्वास्थ्य एवम प्रगतिको कामनासहित उहाँहरुलाइ सम्मान गरिएको भोजराज सापकोटाले बताउनुभयो ।
विशेष गरी पछिल्लो समय वृद्दवृद्दाहरुबाट अनुभव, अनुशासन , ज्ञान र सीपको अनुशरण गर्ने प्रचलन घट्दै गएको अवस्थामा समुदायको अ्मुल्य निधीको रुपमा उहाँहरुलाई लिनुपर्ने मान्यताकासाथ सम्मान गरिएको उहाँले बताउनुभयो ।
सम्मान कार्यक्रममा मुसिकोट नगरपालिका वडानम्बर ७ आसपासका २० जना वृद्द्वृद्दाहरुको उपस्थिति रहेको थियो । उपस्थितमध्ये अधिकतम ९२ वर्षसम्मका वृद्दहरु उपस्थित हुनुभएको थियो । अन्य सबैलाइ सूचना गरेतापनि सम्पूर्णको उपस्थिति भने हुन नसकेको बताइएको छ ।
हाल बुटवलमा बुटवल बस्त्रालयको नामबाट व्यवसाय गर्दै आउनुभएका भिष्म सापकोटाद्वारा प्रायोजित कार्यक्रममा वृद्दवृद्दाहरुलाइ फूल, माला, दोसल्ला, खाजा र दक्षिणा प्रदान गरिएको थियो ।
कार्यक्रममा मुरारी सापकोटाको अध्यक्षता र भोजराज सापकोटाको सन्चालन रहेको थियो ।
प्रमुख अतिथिको रुपमा मुसिकोट नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटाले वृद्द सम्मान एकदमै अनुकरणीय भएकोले सबैले वृद्दसम्मान गर्दै उहाँहरुबाट ज्ञान, सीप, अनुभव, अनुशासन र आशिर्वाद ग्रहण गर्नुपर्ने भन्दै सापकोटा परिवारलाइ आभार व्यक्त गर्नुभएको थियो । उहाँले वडानम्बर ७ भित्र नागरिकता अनुसार २४ जना ८४ गर्नुभएका वृद्दहरुको तथ्याङ्क वडा कार्यालयमा रहेको बताउनुभयो ।
सम्मान कार्यक्रममा शारदा विद्या मन्दिर मावि मुसिकोट ८ वामी मैदानका प्रधानाध्यापक ज्ञानहरी सापकोटा, व्यवसायी सुन्दर प्रधान, कृषक तथा समाजसेवि राजन सापकोटा, समाजसेवी चुरामणी सपकोटा लगायतको उपस्थिति रहेको थियो ।
वामी आसपासमा अशक्त उमेरका बाबजुद पनि भजनकीर्तन गर्दै हिड्नुभएका वृद्दहरुको सम्मान आफ्ना स्वर्गीय पितृहरुको सम्झनामा कार्यक्रमको आयोजना गरिएको व्यवसायी सापकोटाले बताउनुभयो ।
सम्मानलगत्तै सम्मानित व्याक्तिहरुद्वारा भजनकीर्तन गरेर नाचगान गरी संस्कार र संस्कृतिको बचाउ गर्न आग्रह गरिएको थियो ।