लुम्बिनी प्रदेश साम्सद खड्क केसी द्वारा कार्यकर्तालाई धैर्य रहन आग्रह

विष्णु प्रसाद आचार्य (चकित) गुल्मी /नबखबर

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेश साम्सद खड्क केसिले कार्यकर्तालाई धैर्य रहन आग्रह गर्नुभएको छ ।

शनिबार नबखबर सङ्ग कुराकानी गर्दै केसीले कम्युनिस्ट आन्दोलनको इतिहास लामो रहेकोले तत्काल देशमा परिस्थिति जटिल जस्तो देखिएपनी बिस्तारै यो समस्या टरेर आफ्नो ठाउमा आउने र सच्चा कम्युनिस्टले खुसियाली मनाउने दिन आउने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो। विगतमा पनि कम्युनिस्टको क्रियाकलाप यस्तै अवस्थाबाट आजको दिनसम्म आएकोले वर्तमान परिस्थितिबाट सबैले पाठ सिकेर कहिल्यै गल्ती नदोहोर्याउने दाबी गर्नुभयो ।

सिमित व्याक्तिहरुको फरक इच्चा हुदैमा समग्र राजनीतिलाई असर नगर्ने पनि उहाको भनाइ छ । कम्युनिस्ट हुदा आफुले भोग्नुपरेको विगतलाइ स्मरण गरि भावुक हुँदै आफुले जागिर गुमाउनुपरेको पीडा समेत उहाले व्यक्त गर्नुभयो , साथमा त्यतिबेला कम्युनिस्टलाई हेर्ने दृस्टीकोण नै फरक भएको अवस्थामा परिवारलाई समेत समय दिन नसक्दाको पिडाका बाबजुद आजको सजिलो कम्युनिस्ट भएकोले कठिन परिस्थितिमा एक भएर अघि बढ्ने गरेको इतिहासले अब पनि सबै कुराको ठेगान लाग्ने उहाको भनाइ छ ।

पछिल्लो समय गुटबन्दीका बाक्ला प्रसङ्गको चर्चा भएपनी पार्टिको मुलधारमा सबैलाइ समावेश नभई सुख नमिल्ने समेत उहाले ठोकुवा गर्नुभयो । सोही प्रसङ्गमा आफू कुनै गुटको नभई सच्चा कम्युनिस्ट भएको दाबी उहाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय