संसद विघटनको बिषयलाई लिएर देश,प्रदेश,जिल्ला हुदै नगरपालिका सम्म बिबाद

प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले संसद विघटन गरेको बिषयलाइ लिएर तिलोत्तमा नगरपालिकामा विवाद भएको छ।

प्रधानमन्त्रीको कदमलाइ तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले उपयुक्त कदम भएको टिप्पणी सहित आइतबार औपचारिक प्रेस बिज्ञप्ति नै जारी गरेपछी केही कार्यपालिका सदस्य र वडा अध्यक्षहरुले नगर प्रमुखले नगरपालिकाको लेटरप्याडको दुरुपयोग गरेको आरोप सहित आलोचना गरेका छन ।

तिलोत्तमा वडा न. १ र १५ का वडाध्यक्षहरु तामानाथ पाण्डे र खेमराज गुरुङ तथा कार्यपालिका सदस्यहरु राधा शाहि, लक्ष्मण नेपाली र गीतादेवि सापकोटाले एक बिज्ञप्ति जारी गर्दै नगरप्रमुख आफ्नो जिम्मेवारी भन्दा बाहिर गएको बताएका छन ।

स्मरण रहोस, तिलोत्तमा नगरपालीका यश क्षेत्रकै ब्यबस्थित र नमुना नगरपालिकाको रुपमा चिनिन्छ । नगरप्रमुख घिमिरेमा राम्रो ब्यबस्थापन कला र नेतृत्व दिन सक्ने क्षमता रहेको स्थानीयबासीहरु बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय