बिष्णु प्रसाद आचार्य/भुवन काफ्ले/नबखबर
गुल्मी :- करङ्गखोला मौरिभिर वामी खानेपानी तथा सरसफाइ सस्था अन्तर्गतको एक घर एक धारा खानेपानि आयोजना मुसिकोट न पा वडा न ७ को बिहिबार आम्दानी खर्च सार्वजनिक भएको छ ।
रुद्रावती बहुमुखी क्याम्पसमा भएको उपभोक्ताको भेलाका बिच एक करोड, त्रिचालीस लाख,उनान्पचास हजार छ सय उनानचालिस रुपैयाँ छ्यालिस पैसा बराबरको आम्दानी खर्च सस्थाका अध्यक्ष हरिहर सापकोटाले सार्वजनिक गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश काफ्लेले खानेपानीजस्तो संबेदनसिल विषयमा राजनीति गर्न नहुने भन्दै पर्दाभित्रबाट राजनिती गर्ने बानी छोडेर मैदानमा आइ आफ्ना असन्तुष्टिहरु व्यक्त गर्न अनुरोध गर्दै समितिलाइ धन्यवाद दिनुभएको थियो ।
त्यस्तै कार्यक्रममा बिशेश अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका वास सम्योजक सीता भुषालले समितिले सस्थागत काम गरि नमुना बनेर उदाहरणिय काम गरेको प्रती धन्यवाद प्रकट गर्नुभएको थियो।
मन्तब्यकै क्रममा वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटाले बोल्दै उपभोक्ताको सम्बन्धित ठाउको उपल्लो मुहानको पानी चाहिएको गुनासो प्रती सरोकारवालाको सकारात्मक बुझाइ रहेको भन्दै लामो समय रोकिएको काम सम्पन्न हुनुले सबैमा खुसी छाएको बताउनुभयो।
उपभोक्ता भेलामा रुद्रावती बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अग्निहर लोहनी,शिक्षक युनियन गुल्मिका पुर्व अध्यक्ष भिमलाल सापकोटा लगायतको उपस्थिति रहेको थियो । उपभोक्ताको तर्फबाट भिमलाल सापकोटा,लिलाकान्त सापकोटा,लेम बहादुर बोहरा लगायतले गुनासा राख्नुभएको थियो ।
सस्थाका उपाध्यक्ष भुवन केसिको स्वागत मन्तब्य सङ्गै सुरु भएको कार्यक्रममा सस्थाका अध्यक्ष हरिहर सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको सन्चालन सचिव सुन्दर प्रधानले गर्नुभएको थियो ।