एमालेको २ महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु, कसलाई कहाँ खटाइयो ?

काठमाडौं । नेकपा एमालेले २ महिने पार्टी सुदृढीकरण तथा विस्तारका लागि शुक्रबार(आज)बाट २ महिने ‘मिसन ग्रसरुट’ सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रदेश तथा विशेष कमिटीहरूलाई सम्बोधन गर्दै सुरुवात गर्नुभएको हो । यो अभियानमा एमालेले पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक, अन्तरक्रिया र स्थानीय तहको समस्याहरू बुझ्ने, पार्टीभित्रको अन्तर विरोध बुझ्ने र त्यसलाई हल गर्नेसहितको कार्यक्रम सञ्चालन गरेको छ ।

एमालेले सात प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली गठन गरेको छ । केन्द्रीय नेताहरूलाई पालिकास्तरको कार्यक्रममा सञ्चालन तथा अनुगमनको लागि खटाएको छ ।

प्रदेश–१ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिव टोपबहादुर रायमाझी र नेताहरू शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की अनुगमनको जिम्मेवारी पाउनुभएको छ ।

मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सचिव रघुवीर महासेठ, नेताहरू गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल, वाग्मती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ अनुगमनको जिम्मेवारी रहेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव पदमाकुमारी अर्याल, नेताहरू किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, सचिव छविलाल विश्वकर्मा, भीम आचार्य, राजन भट्टराई र शिवमाया तुम्बाहाम्फे, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगेशकुमार भट्टराई, भानुभक्त ढकाल, यामलाल कँडेल र गोरखबहादुर बोगटी र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा खटाइएको छ ।

त्यसैगरी विशेष कमिटीहरूको अनुगमन तथा संयोजनको नेतृत्व विशेष कमिटीका महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय