एमालेलाई धक्का :गुल्मीमा एमाले उम्मेदवारका प्रस्तावक नै काँग्रेसमा प्रवेश

गुल्मीमा एमाले उम्मेदवारका प्रस्तावक नै काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको मदाने गाउँपालिकामा एमाले उम्मेदवार कृष्ण घिमिरेका प्रस्तावक सुरेन्द्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रस्तावक नेपालीसहित एमालेका थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहेका छन् । नेपालीले मदाने गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट एमाले वडा सदस्यका उम्मेदवार घिमिरेका प्रस्तावक बनेका थिए ।

नेपाली बुधबार मदाने गाउँपालिकामा नेपाली कांग्रेसले राखेको एक कार्यक्रममा प्रवेश गरेको बताइएको छ । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि गुञ्जन भट्टराईले नेपाली कांग्रेसको सदस्यता दिएर उनलाई पार्टी प्रवेश गराएका हुन् । विगतमा एमालेका झुठा आश्वासन पत्याएर एमालेमा रहेपनि उसको विश्वास नरहेकोले पार्टी छोडको नेपालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय