अनिष पन्थी,गुल्मी । गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा ४ हजार ८ सय २३ विद्यार्थी सहभागी हुँदै छन।
बैशाख ९ देखि १७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा एसईईमा जिल्लाका १ सय ४० वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीले जानकारी दिए।
कुल विद्यार्थी संख्य मध्ये छात्रा २ हजार ८ सय ५ जना र छात्र २ हजार ३ सय १५ जना परिक्षामा सहभागी हुने बताए।
प्राबिधिक तर्फ १६ वटा बिद्यालयका २८७ जना बिद्यार्थी परिक्षा सहभागि हुने र प्राबिधिक धारको परिक्षा गुल्मीको सिद्धबाबा माविमा हुने मरासिनीले बताए । प्राबिधिक धारको परिक्षा भने बैशाख २० गते सकिने छ।
परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा २७ वटा परिक्षा केन् निर्धारण गरिएको छ ।
अहिले परीक्षा केन्हरुमा उत्तरपुस्तिका पुगिसकेको जानकारी दिदै मरासिनीले प्रश्नपत्र सम्बन्धित परीक्षा केन्द्र भएको नजिकैको प्रहरी चौकीमा बताए । परिक्षालाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए।
परिक्षालाई स्थानीय तहका प्रमुख, उपप्रमुख र शिक्षा शाखाको प्रमुखले पनि अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।