अनिष पन्थी, नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले मेला महोत्सवले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन ।
चौथो गुल्मी महोत्सव प्रादेशिक व्यापार एवं औद्योगिक मेला २०७८ को उद्घाटन गर्न गुल्मी आएका गृहमन्त्री खाणले यस्तो बताएका हुन ।
कोभिड १९ कोरोना भाइरसको कारणले उधोगी र व्यवसायीलाई ठूलो असर गरेको बताउँदै आर्थिक समृद्धिको लागि यी यस्ता मेला महोत्सव आवश्यक रहेको बताए ।
यस्तै शान्ती सु-व्यवस्था स्थापना गर्न र उद्योग व्यवसायलाइ चलायमान बनाउनको लागि अहिलेको गठबन्धनको सरकरले महत्त्वपूर्ण भुमिका खेलेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले यो मेला महोत्सवले पत्रकारहरुलाइ समेत थप क्रियाशिल पार्ने बताए ।
आसन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनको लागि शान्ती सुरक्षा मिलाउनको लागि जिल्ला तहका नेता तथा सुरक्षा निकायका पदाधिकारीलाई आग्रह गरे ।
अहिलेको निर्वाचन भएरहित मर्यादित वातावरणमा हुने बताउँदै
निर्वाचनमा भाग नलिएका दललाई सहभागी हुन आग्रह आग्रह गरे ।बिकास निर्माणको लागि सबैको राजनीति दलको आवश्यक रहेको समेत गृहमन्त्री खाणले बताए ।
नागरिकको लागि सुरक्षा दिने दायित्व सरकारको रहेको उल्लेख गर्दै नागरिकको जिवनरक्षाको लागि गठबन्धनको सरकारले काम गरिरहेको बताए।
गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य कृषि पर्यटनमा आधारित व्यापारको बिकास भन्ने नाराका साथ आजदेखी सुरु भएको चौथो गुल्मी महोत्सव बैशाख ४ गते सम्म चल्ने छ।
ऐतिहासिक पौराणिक धार्मिक एवं पर्यटक स्थलको प्रचार प्रबर्द्धन अन्तर्राष्ट्रिय बजारमा स्थानीय उत्पादनलाई बजारीकरण साथै कृषिलाई प्राथमिकता रहेको महोत्सवमा दुई सय स्टल राखिएको छ ।
गुल्मी महोत्सवमा दुई दर्जन राष्ट्रिय र चार दर्जन स्थानीय कलाहरुको प्रस्तुति रहने बताइएको छ । चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघले जनाएको छ ।