काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा १८ जिल्लाको मतगणना सकिँदा सत्ता गठबन्धनको प्यानल दोब्बर मतान्तरसहित अग्रस्थानमा रहेको छ ।
सत्ता गठबन्धनका अध्यक्ष उम्मेदवार गोपालकृष्ण घिमिरेले १०७५ मत प्राप्त गरेर अग्रता लिँदा एमाले निकट पीपीएलएका उम्मेदवार विष्णु मणि अधिकारी ५५३ मतका साथ दोस्रो स्थानमा छ । महासचिवमा भने अग्रता केही साँघुरो छ ।
गठबन्धनकी अञ्जिता खनाल ९६० मतका साथ अग्रता लिइरहँदा पीपीएलएका केदार कोइरालाले ६५७ मत प्राप्त गरेका छन् ।गठबन्धन र एमालेबाहेकका स्वतन्त्र उम्मेदवारको मत नगण्य छ हालसम्मको मतगणनाको परिणाम यस्तो छ ।