काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही महिना अघि छाडेको पार्टीमा फेरि हात हालेका छन् । अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनलाई दिएको सुझावले तरंग पैदा गरेको हो ।
थापाले राजतन्त्रको असम्भव एजेन्डा त्याग्न आफ्नो पुरानो पार्टी राप्रपालाई सुझाव दिएका छन् । अहिले आफूलाई गाली गर्ने राप्रपाका युवाहरू भविष्यमा आफ्नै बाटोमा आउने उनको दाबी छ ।
फेसबुकमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘२०६३/६४ ताका ‘मरेको लाश नबोकौं दाइ’ भनेर सल्लाह दिने भाइहरू अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ ।
गालीगलौजको सट्टा निर्वाल निवास्लाई सोध्नुस् १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो ? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो ?’
उनी थप्छन्, ‘असम्भव एजेन्डा बोकेर आफ्नो र युवाहरूको भविष्यमाथि खेलवाड गर्ने काम छोड्नोस् । मैले त छोडेँ । हेरिराख्नुहोला केही वर्षपछि भाइहरु पनि मेरै बाटोमा आउनुपर्छ ।’
यद्यपि, थापाले अहिले पनि आफूलाई राजसंस्थाको माया लाग्ने बताएका छन् । ‘राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ, तर के गर्नु । उनको व्यवहार र सोचाइ नै गलत भयो,’ उनले भनेका छन् ।
यस्तो छ थापाले लेखेको स्टाटसः २०६३/६४ ताका “मरेको लाश नबोकौ दाई“ भनेर सल्लाह दिने भाईहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालिको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ।गालिगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस–गत १५वर्षमा राजसंस्था पुनस्थापना गर्न राजाको के भुमिका रह्यो?पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो? असंभव एजेण्डा बोकेर आफ्नो र युवाहरूको भविष्य माथि खेलवाड गर्ने काम छोडनोस्।मैले त छोडे।हेरि राख्नु होला,केहि वर्षपछि भाईहरु पनि मेरै बाटोमा आउनुपर्छ।राजसंस्थाको माया त मलाई अहिले पनि लाग्छ।तर,के गर्नु “उनको“ व्यवहार र सोचाई नै गलत भयो।त्यसैले गालि गलौजमा समय खेर नफाल्नोस्।