केपी ओली जस्ताे नेता काेही छैन, उहाँ भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता : रायमाझी

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेकाे बताएका छन् । कपिलवस्तुमा साेमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेकाे दावी गरे ।

सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्लाएक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताए । उनले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाए ।

प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताए । उनीहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय