अब कुनै हालतमा  प्रचण्डसँग  सँगै बस्न सकिँदैन भनेपछि,ओली

ओलीले कांग्रेस नेतासँग अब प्रचण्डसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भनेपछि..
काठमाडौं – यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बडो संकटमा परेका छन् ।

खासगरी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले ३८ पृष्ठको जवाफी पत्रसँगै ५३ बुदामा आफूलाई लगाएको प्रत्यारोपको सामना कसरी गर्ने भन्ने चिन्तामा परेका छन् ।

मंसिर १३ गतेको पार्टी सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले गरेको एक्सरसाइज र आफूहरूबारे गरेको मूल्यांकनले पनि खुमलटारमा सन्नाटा छाएको बताइएको छ ।

यसबीचमा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग झन्डै तीन घन्टा छलफल गरेका थिए । देउवासँगको कुराकानीमा ओलीले पार्टीमा आफूलाई एक्ल्याउन थालिएकाले मिलेर जानुपर्ने प्रस्ताव गरेको मिडियामा सार्वजनिक नै भइसकेको छ ।

ओलीले सत्ता साझेदारको प्रस्ताव गरेको कुराले कांग्रेसमै तरंग सिर्जना गरेको थियो । खुमलटारमा नपर्ने कुरै भएन । यतिबेला प्रचण्ड कांग्रेस नेतृत्वसँग पनि निकै निकट छन् । किनभने विगतमा कांग्रेस नेतृत्वमा सरकार सञ्चालन गरेकाले पनि प्रचण्डले कांग्रेससँगको सम्बन्धलाई उतिकै महत्व दिएका छन् ।

भविष्यमा पार्टीमा समीकरण फेरबदल भएमा कांग्रेसकै सहयोगमा सरकार चलाउनुपर्छ भन्ने प्रचण्डलाई राम्रो ज्ञात छ । सोही कारण देउवासँग प्रधानमन्त्री ओलीले के के प्रस्ताव गरे ? आफ्नाबारे कस्तो मूल्यांकन गरेका रहेछन् ? भन्ने बुझ्न प्रचण्डले देउवा निकट एक नेतालाई फोन गरे ।

स्रोतका अनुसार ती नेताको कुरा सुनेपछि प्रचण्ड आश्चर्यमा परेका थिए । ‘ल है कमरेड, प्रधानमन्त्रीले मसक्क आँटिसक्नुभएको रहेछ । त्यस्ताहरूलाई दिनु र नजिकिनुभन्दा बरु तपाईंहरूसँग मिल्नु बेस देखेको छु ।

अब, उनीहरूसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भन्नुभयो । पार्टी एकजुट रहिरहलाजस्तो देखिन है,’ कांग्रेस नेताले प्रचण्डलाई फोनमा भनेका थिए । यसपछि ओली पार्टी विभाजन गर्ने तयारीमा धेरै अघि बढिसकेको प्रचण्डले चाल पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय