बुटवल-नेपाल मगर संघ बुटवल उपमहानगर समिति बुटवलले ४० औं मगर स्थापना(मगर दिवस)दिवस बुटवलमा भव्य रुपमा मनाउंने भएको छ ।
संघले आज बुटवलमा आकस्मिक पत्रकार सम्मेलन गरि दिवस मनाउंने जनाएको हो ।
संघका पुर्व केन्द्रीय अध्यक्ष झक बहादुर थापाको निधनमा स्थगित गर्ने भनिएको दिवस फागुन १५ गते शोक सभासहित मनाउंने संघका नगर अध्यक्ष थर्कबहादुर बारघरेमगरले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
पूर्व अध्यक्ष थापाको गत बुधबार निधन भएको हो ।थापाको निधनमा अन्य सार्वजनिक गरिएका कार्यक्रम स्थगित गरिएपनि दिवस मुल कार्यक्रम धुमधामका साथ गरिने अध्यक्ष बारघरेले बताउंनुभयो ।
बुटवल–७ दीपनगरस्थित बाजि–बज्या पितृ थानमा दिवस मुल कार्यक्रम हुंन लागेको हो ।
कार्यक्रम पूर्व संघले फागुन १५ गते बुटवल राजमार्गचौराहस्थित लखनचोकबाट मगर झांकीसहित र्याली निकाल्ने र उक्त र्यालीले बुटवल बजार परिक्रमा गरि पितृ थानमा पुगेर मगर दिवस मुल समारोहमा परिणत हुंने सचिव हेमन्त बुढाथोकीले जानकारी दिनुभयो ।
कार्यक्रममा वडास्तरीय झांकी र्याली प्रतियोगिता हुंने र उक्त र्यालीमा प्रथम,द्धितीय,तृतीय र सान्त्वना हुंनेलाई क्रमशःदश,आठ,पांच र तीन हजार नगदसहित प्रशंसा पत्रले सम्मान गरिने उपाध्यक्ष बसन्ती साठीघरेमगरले जानकारी दिनुभयो ।
दिवस मुल कार्यक्रममा मगर मौलिक खानाका २०–२५ वटा स्टल रहने र संघको मुख पत्र पटाक सार समेत विमोचन गरिने कोषाध्यक्ष लुमबहादुर सारु थापामगरले बताउंनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात व्यवस्था मन्त्री पुरमति ढेंगामगर,बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,मगर अगुवा लगायते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्ष्ता,सचिव हेमन्त बुढाथोकीको सञ्चालनमा भएको कार्यक्रममा संघका जिल्ला सल्लाहकार एवं वरिष्ठ समाजसेवी प्रेम गलामीमगर लगायतले बोल्नुभएको थियो ।
मृत्यु भएकोले यस पटकको मगर स्थापना दिवस नमनाउने भएको नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष थर्कबहादुर बारघरे मगरले जानकारी दिए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समितिले आज पत्रकार सम्मेलन गरि यही फागुन १५ गते मनाउने तयारी गरिएको कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।
मगर संघ केन्द्रीय समितिले संघका पूर्व केन्द्रीय अध्यक्ष थापाको बुधबार भएको निधनले सम्पूर्ण मगर समुदाय शोकमा परेकोले यस पटक मगर दिवस नमनाउने निर्णय गरेकोले बुटवलमा पनि कार्यक्रम स्थगित गरिएको अध्यक्ष बारघरेले बताए ।
बिगतका बर्षभन्दा यस पटकको मगर दिवस थप भब्य रुपमा मनाउने तयारी भैरहेको अवस्थामा संघका पूर्व केन्द्रीय अध्यक्षको निधनमा शोक मनाउन अन्तिममा आएर कार्यक्रम स्थगित गर्नुपरेको उनले बताए ।
नेपाल मगर संघ बुटवल उपमहानगर समिति अध्यक्ष बारघरेको सभापतित्व र संघका केन्द्रीय कोषाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलन सचिब हेमन्त बुढाथोकीको सञ्चालनमा भएको थियो ।