गोविन्द कंडेल, मुसिकोट गुल्मी
मुसिकोट नगरपालिका गुल्मीको एघारौँ नगरसभा शनिवार सम्पन्न भएको छ । गत असारमा वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको मुसिकोट नगरपालिकाले आफ्नो वार्षिक वजेट तथा कार्यक्रममा केही योजनाहरू संशोधन गरेको छ ।
साथै नगरसभाबाट नगरपालिकाका गत आर्थिक वर्षका महत्वपुर्ण तिन विषयगत समितिका प्रतिवेदनहरु पारित भएका छन ।
शनिवार मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सारमा सम्पन्न एघारौँ नगरसभामा विभिन्न शिर्षकबाट रकमान्तर गरी केही अत्यावश्यक तथा छुट हुन गएका योजनाहरूमा बजेट विनियोजन गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो ।
सभाको वैठकमा नगर उपप्रमुख कमला शर्माले आर्थिक वर्ष २०७८र०७९ को बजेट तथा कार्यक्रम दोस्रो संसोंधन विधेयक २०७८ पेश गर्नु भएको थियो ।
त्यसैगरी लेखा समिति सयोंजक हरी प्रसाद छन्तेलले मुसिकोट नगरपालिकाको लेखा समिति र सामाजिक विकास समितिको प्रतिवेदन २०७८ र आर्थिक विकास समिति सयोंजक एवं न्यायिक समिति सदस्य प्रकाश काफ्लेले न्यायिक समितिको प्रतिवेदन २०७८ सभामा पेश गर्नुभएको थियो ।
सभाको विस्तृत छलफल पछी प्रस्तावित प्रस्तावहरू आर्थिक वर्ष २०७८र०७९ को बजेट तथा कार्यक्रम दोस्रो संसोंधन विधेयक २०७८ र तिन वटै विषयगत समितिका प्रतिवेदनहरु सर्व सहमतीले पारित गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरसभा सरकारका तिन महत्वपूर्ण अगंहरूमध्ये व्यवस्थापिका रहेकाले व्यवस्थापकीय अधिकार अन्तर्गतका विषयहरु कानुन बनाउने, बजेट तथा कार्यक्रमहरु ससोंधन गर्ने लगायतका काम नगरसभाबाट सम्पन्न भएको बताउनुभयो ।
नगरपालिकाको एघारौँ नगरसभाको सम्पुर्ण कारवाही आज नै सम्पन्न भएको छ । सभा सम्पन्न पश्चात नगर प्रमुख सापकोटाले सभा सम्पन्न गर्न सहयोग गर्ने जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायत सम्वद्ध सवैलाइ धन्यवाद ज्ञापन गर्नु भएको थियो ।