मुसिकोटको कालिका पशुपालन तथा कृषी फार्ममा एक करोड बढी लगानी, मेयरद्वारा उद्घाटन

विष्णु प्रसाद आचार्य, मुसिकोट गुल्मी ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं ८ वामी घैयारमा सञ्चालित कालिका पशुपालन तथा कृषी फार्मको शुक्रबार मुुिकोट नगरपालिकाका मेयर सोमनाथ कापकोटाले उद्घाटन गर्नुभएको छ । स्थानिय युवाहरुले एक करोड बढीको लागतमा उक्त ठाउँमा बाख्रापालन व्यवसाय सुरु गरेका छन् । सुरुमा बाख्रा फार्मको रुपमा सञ्चालनमा आएपनि समयसँगै कुखुरा,कालिज,हाँस भैसी तथा गाइपालनको रुपमा अघि बढ्ने तथा यस क्षेत्रमा मासु, अण्डा, तथा दुधमा आत्मनिर्भर बनाउने सम्मको लक्ष्यका साथ रोजगारी सिर्जना गरी अस्वभाविक बसाइसराइलाइ रोक्ने सम्मको लक्ष्य रहेको एक सञ्चालक टीकाराम खरेलले बताउनुभयो ।

मुसिकोट नगरपालिकाका हरी प्रसाद खराल, टिकाराम खरेल लगायतका युवाहरुले बाख्रा पालनको लागि एक करोड भन्दा बढी लगानी गर्नुभएको छ। । उहाँहरुसँग खगराज खराल, यादुमणी खराल, विकास कंडेल, कुल बहादुर पौडेल, रामप्रसाद चालीसे र भोजराज सापकोटाको टोली सञ्चालनमा सँगै रहनुभएको छ। ।


फार्मको औपचा।रीक उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले फर्मलाइ पचास प्रतिशत अनुदानमा आवश्यक प्रविधी उपलब्ध गराउने, कृषी अनुदान रकम उपलब्ध गराउने, अन्य विभिन्न फार्मको निशुल्क अवलोकन भ्रमण गर्नेे व्यवस्था मिलाउने, आवश्यकताको आधारमा रीन उपलब्ध गराउने उद्घोष गर्नुभयो। यस्ता काममा ढुक्क भएर लगानी गर्न आग्रह गर्दै मेयर सापकोटाले लगानी गर्न चाहने युवाहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख सापकोटाले यस किसीमको व्यवसाय शुरु गरेकोमा सबै युवाहरुलाई बधाई दिदै स्थानीय सरकारबाट प्राप्त हुने सबै सुविधाहरु लिन सुझाव दिनुभयो।सोही अवसरमा मुसिकोट नगरपालिकाले एउटा बोयर बोका समेत हस्तान्तरण गरेको छ ।

अहिले फर्ममा एक सय पाँच वटा बाख्रा र एक सय वटा लोकल कुखुरा रहेको अर्का सञ्चालक भोजराज सापकोटाले बताउनुभयो । २०७६ सालमा मुसिकोट नगरपालिकामा दर्ता गरेर २० लाखमा सञ्चालन गरेको फर्मको लगानीमा अहिले एक करोड पुगेको उहाँले बताउनुभयो ।

उद्घाटनसँगै वृद्ध सम्मान, श्रमिक सम्मान, साथसाथै उपस्थित सबैलाइ विशेष खाजाको समेत व्यवस्था रहेको थियो ।

कार्यक्रममा विशेष अतिथीको रुपमा बोल्दै नेपाली काँग्रेस गुल्मीकी सचिव विष्णुकुमारी सापकोटाले वैदेशिक रोजगारीमा सफल देखिएका युवाले नै स्थानीय स्तरमा यसरी कृषी क्षेत्रमा लगानी लगाउनु र युवालाइ विदेश पलाएनबाट रोक्नु सह्राहनीय विषय भएको बताउनुभयो साथै राज्यले गर्न नसकेको काम गरेर देखाएकोमा फर्म सञ्चालकहरुलाइ बधाइ तथा शुभकामना समेत दिनुभएको थियो ।

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष प्रकाश काफ्ले अतिथीको रुपमा बोल्दै राज्यले कृषी क्षेत्रलाइ प्रोत्साहन गरिरहेको स्मरण गराउँदै व्यवसायीक रुपमा कटिबद्ध भएर लाग्ने कृषकको सधै सम्मान हुने र उहाँहरु सम्मानित व्याक्तित्व भएको बताउनुभएको थियो । त्यस्तै नेपाली काँग्रेस मुसिकोटका नगरसभापति सुर्दशन शाक्य अतिथीको रुपमा बोल्दै त्यहाँका युवा उद्यमीहरुले एकादेशको कथाजस्तो विषयलाइ साकार पारेको प्रति सञ्चालकप्रति सम्मान व्यक्त गर्नुभएको थियो ।

शुभकामना मन्तव्यकै शिलशिलामा नेपाल शिक्षक महासँघ गुल्मीका सचिव रामकृष्ण कँडेलले बोल्दै हिड्दा डराउनुपर्ने ठाउँ अहिले अवलोकनस्थल भएको भन्दै सरकारले यस्ता कार्यलाइ प्रोत्साहन गर्न कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गर्नुभएको थियो ।बसाई सराईले सुनसान बन्दै गएको यस क्षेत्रमा युवाहरूको सकृयतामा फार्म सन्चालनमा आएपछी चहल पहल र रौनक बढेको छ।यस कार्यले स्थानिय हरूमा उत्साह थपिएको’ छ तपॉई हरू संग कॉधमा कॉध जोडेर अगाडि बढ्न हामी तयार छौ उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ९ का वडाध्यक्ष नरेशराज खरेल, नेकपाका नेता गोविन्द वि क, मुसिकोट नगरपालीकाका पशुशाखा प्रमुख महेन्द्र पन्थी , लगायतले बोल्नुभएको थियो ।

फर्मका अध्यक्ष खगराज खरालको सभापतित्व रहेको कार्यक्रममा युवराज खरालको स्वागत मन्तव्य रहेको थियो भने फर्मका सञ्चालक तथा सँरक्षक टीकाराम खरेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय