मंसिर १२, जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्याएको पाइएको छ ।
तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास गरेको उजुरी प्रहरीकामा पुगेको छ । गाउँकै बालिकालाई घरमा बोलाएर दूधभात खान दिएर उनले बलात्कारको प्रयास गरेका इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेश सिंहले बताए । महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।