माथिबाट खसेको ढिस्कोले पुरिदा बुटवलमा दुई जनाको मृत्यु

बुटवल- बुटवल उपमहानगरपालिका ११ ,प्रगतीनगरमा पर्ने तिनाउ किनारमा ढिस्कोले पुरिदा २ जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा बुटवल ११ का ३२ बर्षे गणेश थापा,र वडा न १७ का ३५ बर्षे शिब थापा रहेका छन।

नदि किनारमा आगो तापेर बसि रहेको बस्थामा माथि बाट एक्कासी ढिस्को खस्दा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनु भएको छ।

उहाँका अनुसार अहिले प्रहरी खटाइएको छ र घाइतेलाइ घटना लगत्तै स्थानीय र प्रहरीको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय