बिदेस जानेहरुका लागि कोभिड विरुद्धको खोप अभियान गुल्मीमा सुरु

अनिष पन्थी गुल्मी

गुल्मीमा बिदेस जानेहरुका लागि तम्घास हस्पिटलको केन्द्रबाट कोभिड १९ विरुद्धको खोप दिन सुरु गरिएको छ।

हप्ताको दुई दिन मंगलबार र शुक्रबार मात्र खोप दिने स्वास्थ्य कार्यलय गुल्मीका निमित प्रमुख पसुपती आचार्यले जानकारि दिए ।पालिकाबाट पाच जनाको ग्रुप बनाएर आएमा जुन दिन पनि खोप दिने आचार्यले बताए।

जेनसेन खोप बिदेस जाने नागरिकको लागि मात्र उपलब्ध रहेको र यो खोप निशुल्क पाइने उनको भनाइ छ।खोप केन्द्र आउदा राहादानि लिएर आउन समेत उनले आग्रह गरेका छन ।

गुल्मीमा अहिले कोरोनाका सक्रिय सङक्रमितको सङख्या शन्यमा झरेको छ।स्वास्थ्य कार्यलय गुल्मीले पछिल्लो २४ घन्टामा सार्वजनिक गरेको विवरणमा सक्रिय सङक्रमितको सङख्या शून्य रहेको छ।

दोस्रो लहरमा फैलिएको कोभिड १९ बाट हालसम्म यस जिल्लामा ९७ जनाको मृत्यु भएको छ। ४५ जनाको जिल्ला भित्र र ५२ जनाको जिल्ला बाहिर मृत्यु भएको छ ।
यस जिल्लामा १ लाख ३५ हजार ६४६ जनाले कोभिड विरुद्धको पहिलो र ६२ हजार ४२१ जनाले दोस्रो मात्राको खोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय