गुल्मीमा चालु आ.व को ५ महिनाको अवधिमा १८ सवारी दुर्घटना, दुर्घटनाबाट ११ जनाको मृत्यु

विक्रम खत्री

गुल्मी । ट्राफिक प्रहरी कार्यालय, गुल्मीको तथ्याङ्कअनुसार चालु आ.व को ५ महिनामा १८ वटा सवारी साधन दुर्घटना भएका छन् । दुर्घटनाबाट ११ जनाको ज्यान गएको छ भने २३ जना गम्भीर घाईते र ४ जना समान्य घाईते भएका छन् ।

यो वर्ष श्रावणमा ४ वटा, भदौमा ३, आश्विनमा ३, कार्तिकमा ५ र मंसिर महिनामा ३ सवारी साधनको दुर्घटना भएको छ ।

गत ३ आर्थिक वर्षहरुमा सवारी दुर्घटना र राजस्व संकलनको स्थितीमा एकरुपता छैन् । घटबढ भइरहेको पाइएको छ । आ.व. २०७५÷०७६ मा २९ सडक दुर्घटनामा परि १९ जनाको मृत्यु, २५ जना समान्य घाईते र ३२ जना गम्भीर घाईते भएका थिए ।

यस्तै २०७६÷०७७ मा २८ दुर्घटनामा ११ जना सामान्य घाईते, ३४ जना गम्भीर घाईते र १५ जनाको ज्यान गएको थियो । आ.व. २०७७÷०७८ मा ३९ वटा सवारी दुर्घटनामा ५२ जना सामान्य घाईते, २९ जना गम्भीर घाईते र २२ जनाको मृत्यु भएको प्रहरी हवल्दार पौडेलले उल्लेख गर्नुभएको छ ।

पछिल्लो ५ महिनामा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटना भएका छन । ५ महिनाको अवधिमा ९ मोटरसाइकल, ३ ट्रयाक्टर र ६ जिप र कार दुर्घटना भएका छन् । भने ३ आ।व। को अवधिमा भने चारपाङग्रे सवारी साधन बढी दुर्घटना भएको पाइएको छ ।
३ आर्थिक वर्षको तथ्याङ्कअनुसार सवारी दुर्घटना र राजस्व संकलनमा वृद्धि भएको छ । कच्ची एवंम साघुँरो सडक, पुरानो वा जिर्ण सवारी साधन चलाउँदा र माधकपदार्थ सेवन गरेर गाडी चलाउँदा सवारी दुर्घटना हुने गर्छ ।

सवारी दुर्घटनालाई निराकरण गर्न ट्राफिक प्रहरीले वर्षेनी राजस्व संकलन गर्ने गर्दछ ।

सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरी कार्यालय, गुल्मीले दैनिक रुपमा चालक, सहचालक, यात्रुलाई सचेतना कार्याक्रम, विद्यार्थीहरुलाई ट्राफिक नियम र दुर्घटना हुन नदिन अपनाउनुपर्ने सचेतनाका विषयमा समयसमयमा कक्षा सञ्चालन गरिरहेको ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार पौडेलले जानकारी दिनुभयो ।

अहिले गुल्मीमा स्थायी र अस्थायी गरी ६ वटा ट्राफिक कार्यालयमा १६ जना प्रहरी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय