नेपाल शिक्षक महासंघ गुल्मीको बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न

रामकृष्ण कंडेल,वामिटक्सार
नेपाल शिक्षक महासंघ गुल्मीको बैठक तम्घासमा सम्पन्न भएको छ।

बैठकले नेपाल शिक्षक महासङ्घ गुल्मीसँग आवद्ध सदस्य शिक्षकहरूको नवीकरण यही पौष मसान्तभित्र गर्ने निर्णय गरेको छ।

बैठकले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहमा कार्यरत सबै शिक्षकहरूको नवीकरण गरी नविकरण शूल्क सहित पुस मसान्तभित्र जिल्ला कार्य समितिमा पेश गर्नको लागि शिक्षक महासङ्घका स्थानीय समितिहरुलाई जिल्ला कार्यसमितिको तर्फबाट परिपत्र गर्ने निर्णय गरिएको छ।

सदस्यता नविकरण र सदस्यता शुल्क प्राप्त भएपश्चात महासंघसँग आवद्ध पेशागत संघसंगठनहरुका प्रमुखहरुको सहभागितामा बैठक बसी शिक्षक महासंघको स्थानीय कमिटीहरु निर्माण गर्नको लागि आवश्यक निर्णय गर्ने निर्णय गरिएको छ।

तम्घासमा सम्पन्न बैठकमा नेपाल शिक्षक महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष प्रेम नारायण भण्डारीको प्रमुख आथित्यता रहेको थियो।

बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठन गुल्मीका जिल्ला सचिव भुवन टण्डन,नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश  सदस्य नारायणप्रसाद घिमिरे,नेपाल शिक्षक संघ गुल्मी जिल्ला सचिव खिमबहादुर थापा,एकीकृत अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश समिति उपाध्यक्ष डेलराज खनाल लगायतकोउपस्थिति रहेको थियो ।

त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन गुल्मी जिल्ला समिति अध्यक्ष राजु गौतम,एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य लक्ष्मीप्रसाद खनाल,प्रदेश सदस्य ऋषिराम शर्मा शिक्षक महासंघ गुल्मी जिल्ला उपाध्यक्ष केशव पराजुली लगायत शिक्षक अगुवाहरुको उपस्थिति रहेको थियो।

बैठकको अध्यक्षता नेपाल शिक्षक महासंघ गुल्मीका अध्यक्ष हिरासिंह सराङकोटीको रहेको थियो भने सञ्चालन जिल्ला सचिव रामकृष्ण कंडेलले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय