गुल्मी
गए रातिदेखिकाे मनसुनी वर्षाका कारण पहिराे झर्दा  गुल्मीको  रिडी रुद्रबेणीसडक खण्ड अवरुद्ध भएको  छ ।

सडक खण्डको रुरु  गाउँपालिका २ काे साँघुरेमा  माथिबाट  ढुङ्गा र माटो रझरिरहेकाे कारण  सडक अबरुद्द बनेको अस्थायी  ट्राफिक   प्रहरी पोषट  रिडीका  प्रहरी सहायक निरीक्षक नम बहादुर थापाले   जानकारी  दिए ।

वर्षा भुषण  रुपमा परिरहेको र पहिराे झर्ने क्रम नराेकिएकाले पैदल यात्रिलाई जाेखिम उठाएर यात्रा नगर्न प्रहरीले आग्रह गरेकाे छ । यसै बुच प्रहरीले  पैदल यात्रु तथा यातायातका  साधन हरुलाई  बैकल्पिक  सडको प्रयोग  गर्न समेत आग्रह गरेको छ ।

अविरल वर्षा वाट हुन सक्ने सम्भावित घटनाबाट वचन रुरुक्षेत्र गाउँपालिकाले सबै वडाहरुमा सतर्कता अपनाउन आह्वान गर्दै बिपत व्यवस्थापनकाे टिमलाई सतर्क अवस्थामा रह्न आग्रह गरेको छ ।  सेतोमसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय