गुल्मी
गुल्मीमा खेलकुद विकास समितिको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
जिल्ला खेलकुद विकास समितिको कार्यालय तम्घासमा निवर्तमान कार्यसमिति बिदा भई नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको कार्यालय प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार अनुसार नवनियुक्त कार्यसमितिलाई स्वागत र निवर्तमान कार्यसमितिलाई बिदाई गरिएको हो ।
स्वागत तथा बिदाई कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भण्डारीले खेलकुदको क्षेत्रमा विकास गर्न सदैव हातेमालो गर्ने बताए ।
केन्द्र प्रदेश र स्थानीय सरकारबाट छलफल गरेर बजेट विनियोजन गरि खेलकुदको विकास अपरिहार्य भएको भन्दै उनले नयाँ कार्यसमितिलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए । उनले आफू नेतृत्वमा रहेर काम गरिरहँदा जिल्लाको खेलकुद क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे ।
गत साउन २६ गते जिल्ला खेलकुद विकास समिति गुल्मीमा मनोज काउछा नेतृत्वको कार्यसमिति बनेको थियो । नवनियुक्त अध्यक्ष काउछाले धेरै समय पछि नयाँ समिति गठन भएको भन्दै खेलकुदको क्षेत्रमा विकास गरिने प्रतिबद्धता ब्यक्त समेत गरेका छन् ।
समितिका निवर्तमान कोषाध्यक्ष कृष्ण विश्वकर्माले खेलकुद विकास समिति कार्यालयलाई धन्यवाद ब्यक्त गरे
गुल्मी अपडेट