गुल्मीको धुर्कोट गाउँपालिका जिल्लामै पहिलो खरको छानामुक्त घोषण

 

गुल्मी

जिल्लाको धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ ।
गाउँपालिका भित्र रहेका एक हजार २४५ घर धुरीहरुमा जस्तापाता लगाई खरका छाना मुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

यो संगै जिल्लामै धुर्कोट गाउँपालिका पहिलो खरका छाना मुक्त गाउँपालिका घोषण भएको छ । आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छाना मुक्त गाउँपालिका घोषण गर्ने पहिलो निर्णय आज सार्थक भएको पोखरेलले बताए ।

खरका छाना मुक्त गाउँपालिका घोषण भएसंगै आगलागीका घटनामा कमी आउने र मनसुन जन्य क्षतीबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ ।नागरिक सुरक्षित आवास अन्र्तगत १५७ घरधुरी,जनता आवास अन्र्तगत३७,एकिकृत नमूना बस्ती अन्र्तगत१८,भूकम्प पछि गरिएको पुननिर्माणका ५३९र जस्तापाता वितरण अन्र्तगत ५०४ गरी कुल एक हजार २४५ घरधुरी रहेको गाउँपालिकाले जनाएको छ ।

धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लािग कुल १९ करोड,२९ लाख९४ हजार,११९ रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।

यस अघि जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैलाई २०७७ कार्तिकमा तत्कालिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्ण बिष्टले खरका छानामुक्त वडा घोषण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय