दाङमा घरको भित्ता भत्किँदा तीन महिनाकी शिशुको ज्यान गयो

दाङ

दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ ।
घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मनिषा र उहाँकी अर्की छोरी घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा बिहान ३ बजे अविरल वर्षाका कारण घर भत्किँदा शिशुको ज्यान  गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय