प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधनले राजीनामा दिदै, को बन्दै छ त अब नयाँ मुख्यमन्त्री ?

विराटनगर । नेकपा एमाले विभाजन र एकता दुवै भएपछि प्रदेश १ मा मुख्यमन्त्री फेरबदल हुने भएको छ ।

एमाले एकता जोगाउने लक्ष्य सहित यसअघि माधव कुमार नेपाल पक्षका नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको हो । त्यसको लागि हालसम्म मुख्यमन्त्री रहेका शेरधन राईले संसदीय दल र मुख्यमन्त्रीबाट राजीनामा गराएर उनलाई शपथ खुवाउने तयारी गरेका छन् ।

आचार्यलाई दलको नेता चयन गर्न एमाले प्रदेश १ संसदीय दलको बैठक बस्दैछ । बैठक बारेमा साम्सदहरुले सार्वजनिक नबोले पनि ११ बजे फाइनल भएको र नयाँ संसदीय दलको नेता चयन हुने उनीहरुको भनाइ छ।

नाम नबताउने सर्तमा मोरङका एक साम्सद भन्छन्, ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र ३ बजेभित्रै मुख्यमन्त्रीको सपथ लिने सम्भावना छ।’

आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् ।

एमालेबाट माधव कुमार नेपालले पार्टी विभाजन गरेपनि उनी पक्षका भनिएका नेता आचार्य एमालेमै रहने निर्णय गरेका छन् । जसको कारण उनले आजै शपथ लिएपनि उनको सरकार अल्पमतमै पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय