शेयर बजार अहिले सम्मकै उच्च विन्दुमा ,कारोबार रकम कति

काठमाण्डौ । साताको पहिलो दिन नेप्से ५४ अंक भन्दा धेरैले बढेको छ । राजनीतिक रुपमा स्थीरता आउने संकेत आएसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबार रकम पनि दश अर्व २७ करोड पुगेको छ रआज कारोबार भएका अधिकांस शेयर कम्पनीहरुको शेयर मूल्य बढेको छ । दिनैभरि २ सय १४ कम्पनीहरुको शेयर
खरिदविक्रि भएकोमा १ सय ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ ।

८ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लेवलमा कारोबारहुँदा नेपाल पुर्नरविमा कम्पनीको शेयर सबैभन्दा धेरै खरिदविक्रि भएको छ । आज नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतियो भने सबैभन्दा धेरै जलविद्युतका लगानीकर्ताहरुले गुमाउन पुगे । यो पनि पढ्नुहोस् काठमाडौं—पुँजी बजारमा जलविद्युत कम्पनीहरुको शेयरमा पनि आकर्षण बढिरहेको बेला एक जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साढे ६२ करोड रुपैयाँको प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।

जलविद्युत् आयोजना निर्माण गरिरहेको ग्रीन भेन्चर लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । सर्वसाधारण र आयोजना प्रभावित स्थानीयबासिन्दालाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएकोमा स्वीकृतिको अन्तिम चरणमा रहेको छ । स्वीकृति पाउनासाथ आईपीओ निष्कासन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

जलविद्युत कम्पनी ग्रीनले ६२ करोड ५० लाख रुपैंया बराबरको ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

ग्रीन भेन्चरले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ। आयोजनाको ८० प्रतिशत बढी काम सकिएको छ ।

आयोजनाको लागत १० अर्ब १६ करोड रुपैयाँ छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । आयोजनामा व्यवसायिक प्रतिष्ठान त्रिवेणी ग्रुप र विशाल ग्रुपको लगानी छ ।

आयोजनामा नबिल बैंकको अगुवाईमा ७ वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । जसमा नबिलको १ अर्ब ४२ करोड, लक्ष्मी बैंक र ग्लोबल आइएमई बैंकले १ अर्ब २५ करोडका दरले लगानी गरेका छन । त्यस्तै एसबिआई र सनराइज बैंकले ११ अर्ब तथा प्रभु र सानिमा बैंकको ८५ ८५ करोड रुपैयाँ ऋण लगानी छ ।- आर्थिक संदेश

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय