राजनीतिक दलको झण्डा ओडेका हामी पत्रकार

योगेन्द्र  खरेल/ लिस्वन,पोर्चुगल

एक दिन बिहानैको समय थियो। बेलुका ढिला सुतेकाले बिहान अबेरसम्म सुत्ने योजना थियो। सधै मोबाईल साइले्न्स मोडमा राखेर सुत्ने म त्यो दिन त्यसो गर्न बिर्सेछु। त्यो दिन बिहान सबेरै मोबाईलको घन्टि बज्यो।मस्त निद्रामा रहेको म निद्रा बाट ब्युजिएर हत्तपत्त मोबाईल हेरे। पोर्चुगलमा सक्रिय एकजना पत्रकार मित्रको फोन कल रहेछ।

फोन नउठाई साइलेन्समा राखेर सुतौ कि भन्ने नसोचेको पनि होईन तर पत्रकार मित्रको फोन भएकाले केही आपतकालिन फोन होला कि भनेर कल उठाए। हामी बीच सन्चो( बिसन्चो भयो र उहाले मलाई एउटा कुरा भन्नुु थियो सर भन्नू भयो।मैले भनेस् भन्नुस न त सर।

उहाहरुले कुनै एक राजनीतिक दलसँग आबद्ध पत्रकारहरुको पोर्चुगल शाखा बिस्तार गर्दै गरेकोे र यसमा हजुरको पनि सहभागीता हुन्छ कि भनेर हजुरलाई फोन गरेको भन्नु भयो उहाँले । म उक्त समितिमा बस्न ईच्छुक नरहेको जानकारि दिए उहाँलाई। होे म पनि पहिले कुनै एउटा राजनीतिक दलमा आबद्ध भएर राजनीति गर्थे। पत्रकारीता मेरो पहिले देखिकै रोजाईको बिषय थियो तर जबसम्म म राजनीतिमा आबद्ध भए तबसम्म म पत्रकारीता गरिन्। जब पत्रकारीता तिर लागे तब राजनीति गरिन् र गर्दिन भन्ने प्रण गरेको छु।

हो मैले गरेको प्रणको नतिजा के आउँछ जुन मलाई राम्रोसँग थाहा छ। राजनीति बिनाको पत्रकार भनेको सदैव एक्लो हुन्छ र सदैव ओझेल पर्दछ। पत्रकारीताबाट नाम र दाम कमाउनुनै छ भने राजनीतिक आवरण भित्रबाट पत्रकारीता गर्नुपर्दछ। यो पनि राम्रैसँग थाहा छ। तर यो सबैै गर्न मनै मान्दैन किनकि मेरो बुझाईमा सत्य(तथ्य र निस्पक्ष पत्रकारीता र राजनीति भनेको कहिल्यै एकैठाउ हुनै सक्दैनन् र हुनै मिल्दैन।

जबसम्म म कुनैपनि राजनीतिक दलको झन्डा बोकेर पत्रकारीता गर्छु तबसम्म मैले दिने सूचना तथा समाचार सत्य(तथ्य हुनै सक्दैन। राजनीतिक दलको झन्डा ओडेको पत्रकारले दिने समाचार कतिसम्म निर्लज्ज हुन्छ जुन तपाईंहामी सबैले देखेकै कुरा हो।

जब कुनै पत्रकार वा मिडियामा हाउसले कुनै राजनीतिक दलसँग आवद्धता जनाउछ , तब उसले आफू आवद्ध दलको प्रशंसा गर्दछ भने अर्को दलको खेदे खनेकै हुन्छ। हो हामी राजनीतिक प्राणि हौं। हामी कुन राजनैतिक प्रणालिमा विश्वास गर्छौ त्यो कुरा गौण होला तर प्रत्यक्षरुपमा राजनीतिक दलको झन्डानै ओडेर समाचार बनाउने पत्रकारले कस्तो समाचार बनाउला त१ आफुले आफैलाई सोचौं त एक पटक। हामी राजनीतिक दलकै क्रियाशिल या सक्रिय सदस्यता पर्समा र पत्रकारको बिल्ला घाटिमा भिरेर निस्केका पत्रकारहरुबाट आम जनताले सत्य , तथ्य र निस्पक्ष समाचारको आशा गर्नु ब्यर्थ हुने छ।

काङ्ग्रेस आवद्ध पत्रकारहरुले काङ्ग्रेसलाई अनुकुुल हुने गरि समाचार बनाउने र कम्युनिस्ट आवद्ध पत्रकारहरुले कम्युनिस्टलाई अनुकुल हुने गरि समाचार बनाउने परिपाटीको नांगो नाँच सबैजसो मिडियाहरुमा स्पष्ट देख्न सकिन्छ।

लेखक तथा बिस्लेषकले समसामयिक बिषयमा आफुले बुझेको र आफ्नो धारणा सहित लेख लेख्छ। त्यसमा सत्यता हुनपर्दछ भन्ने नहुन पनि सक्छ। उसले आफ्नो लेखमा आफ्ना निजि बिचारहरु पनि राख्न पाउँछ। तर पत्रकारले सत्य (तथ्य समाचार दिने हो। उसले कुनै पनि घटनाहरूलाई तोडमोड गर्ने अधिकार राख्दैन। यदि यसो गरियो भने समाचार सत्य बन्न सक्दैन।

जब (जब नेपाली राजनीतिमा नयाँ घटना घट्छ , तब मुख्यतया दुई प्रकारका समाचारहरु देख्न सकिन्छ। एउटा त्यो घटनाको पक्षमा र अर्को बिपक्षमा। आम पाठकले कुन समाचार सत्य मान्ने रु कसलाई विश्वास गर्नेरु । यसरी अहिले नेपाली पत्रकारीताले आम नागरिकहरुमा अन्योलता सृजना गरेको छ।

सत्य(तथ्य समाचार सम्प्रेषण गर्ने ,आम नागरिकहरुलाई जागरुक बनाउने र सरकारसम्बद्धअधिकारिहरुलाई थप जिम्मेवार वनाउन भुमिका निर्वाह गर्नुुुुनै असलि पत्रकारीता हुनुपर्ने हो। तर हामी कुन राजनीतिक दलको , कुन नेताको भजनकृतन गर्ने हो , कुन नेताको खेदो खन्ने हो भन्नेमै उद्धत छौं। फलस्वरूप नेपाली पत्रकारीताले आम नागरिकसामु विश्वास गुमाउँदै गएको छ।

जबसम्म हसियाहतौडा र रुख अंकित झन्डा बोकेका पत्रकारहरु नेपालमा रहिरहन्छन् तबसम्म सत्यतथ्य समाचारको आशा गर्नु ब्यर्थनै हुने छ। त्यसैले कुनै राजनीतिक दलसँग आवद्ध कुनै पत्रकार छ भने उसले तयार पारेका समाचाहरु कुनै हालतमा विश्वसनीय हुनै सक्दैन।

यसरी पार्टीका झन्डा ओडेका पत्रकार र मिडिया हाउसहरुलाई आजै देखि बहिस्कार गरौैैं।कुनै पार्टीसँग आवद्धताको सदस्यता लिएको पत्रकार असलि पत्रकार हुनै सक्दैन। त्यसैले राजनीतिक दलका झन्डा ओडेका हामी पत्रकारहरुलाई किन विश्वास गर्ने त आम नागरिकरुले। त्यसैले आजै देखि राजनीति र पत्रकारीता मध्ये एक रोज्ने कि१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय