मुसिकोट गुल्मीको आयोजनामा १११ औ अन्तर्राष्ट्रिय महिला दिबस मनाइयो

महेन्द्र घिमिरे, मुसिकोट गुल्मी, नबखबर

मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा १११ औ अन्तर्राष्ट्रिय महिला दिबस २०७७ समारोह वामी टक्सार स्थित रुद्रावती बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको छ।

women in leadership,Achieving an equal future in a covid – 19 world र महिला सुरक्षा सम्मान र रोजगार समृद्द नेपालको आधार भन्ने नारा साथ १११ औ अन्तर्राष्ट्रिय महिला दिबस बिबिध कार्यक्रम गरिएको थियो। बिगतका बर्षमा जस्तै यस बर्स पनि यो कार्यक्रम राखिएको बताइएको छ।

कार्यक्रममा मुसिकोट नगरपालिका का कानुनी सल्लाहकार अनन्तलाल भण्डारीले सुभकामना ब्यक्त गर्द महिला अधिकार सम्बन्धि कानुनी बिशय माथी जानकारी गराउनु भएको थियो।

मुसिकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले महिला दिवसको सुभकामना ब्यक्त गर्दै नगरपालिका भित्रका दिदिबहिनी सक्रियता पुर्बक कार्यक्रममा सहभागी भएको मा खुसी ब्यक्त गर्दै महिला शसक्तिकरणको क्षेत्रमा नगरपालिकाले विविध कार्यक्रम संचालित रहेको बताउनु भयो।

मुसिकोट नगरपालिका उप प्रमुख कमला शर्माले महिला दिवसको सुभकामना व्यक्त गर्दै

आफुहरु जनप्रतिनिधि भएर आएपछि महिला अधिकार क्षेत्रमा कार्य गरिरहेका र आफू मुसिकोट नगरपालिकाको न्यायिक समितिको संयोजक समेत रहेकोले महिला अधिकारको बारेमा निकै चासोका साथ काम गरेको बताउनु भयो। संविधान ले तोकेको भन्दा पनि बढी महिलाहरुको सहभागीताको लागि पहल गर्दै आयको बताउनु भयो।

कार्यक्रममा सहकारीको तर्फबाट निर्मला केसि र यमुना घिमिरेले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रम सम्योज सीता भुसालको सचालनमा सुरु भएको कार्यक्रममा योजना अधिकृत मुना ज्ञवाली को स्वागत तथा कार्यक्रमको उदेश्य बारे प्रकाश पार्नु भएको थियो।

मुसिकोट नगरपालिका भित्रका सहकारी स्कुल विभिन्न सघ सस्थाबाट उल्लेखनीय महिलाहरुको उत्साहपुर्ण सहभागिता रहेको सयोजक भुसाल ले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीको तर्फबाट महिला अधिकार सम्बन्धि गित गजल कबिता र श्री महेन्द्र आदर्श नमुना मा बि का शिक्षिका तथा बिधार्थीबाट नाटक सास्कृतिक नाचहरु समेत प्रस्तुत गरेका थिय।

कार्यक्रममा कार्यपालिका सदस्यहर वडा सदस्य सहकारीका अध्यक्ष लगायत उपस्थिति रहेको कार्यक्रम मुसिकोट नगरपालिका कार्यपालिका सदस्य तथा बिपद ब्यबस्थापन समिति सयोजक सत्या कुमारी जिसिको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय