खेलकुद, कला, संस्कृतिको संरक्षण आवश्यक: उपमेयर निउरे ।

कौरब खत्री, बागलुङ : गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले खेलकुद, कला, संस्कृतिको संरक्षण सम्वर्द्वन गर्न सामाजिक संघ संस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताएका छन ।

खड्ग कालिका युवा कल्व गलकोट नगरपालिका वडा ९ बाँसखोलाको ३३ औं वार्षिकोत्सव तथा बडा दशै मेलालाई सम्वोधन गर्दै उपमेयर निउरेले हाम्रा परम्परागत चाडपर्व, रितिरिवाज परम्पराहरुमा मौलिकता हराउँदै गएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने उल्लेख गरे ।

प्रतिष्ठित, परिव्यापक समाज, चुनौतिपुर्ण विकास र अनुशाषित खेलकुद हाम्रो प्रतिवद्वता भन्ने मुल नाराका साथ बडा दशैं मेला असोज १३ गतेदेखि सञ्चालन गरिएको थियो ।

मेलाको अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगितामा नगद रु ६६ हजार नगद राशी सहित सरस्वती युवा कल्व गलकोट नगरपालिका १० रमुवा प्रथम, नगद रु ४४ हजार नगद राशी सहित हेमलाल सुनचाँदी पसल गलकोट नगरपालिका २ नरेठाँटी द्धितीय भएका छन भनें खड्ग कालीका युवा कल्व आयोजक र इन्द्रेणि युवा क्लव सान्तवना भएका छन् ।

त्यस्तै पुरुष रस्साकस्सी प्रतियोगितामामा गलकोट नगरपालिका ९ बाँसखोला आशा रानाको समुह प्रथम र राजु विकको समुह द्धितिय भएका छन । महिला रस्साकस्सी प्रतियोगितामा जनजागरण आमा समुह बाँसखोला प्रथम र बडिगाड गाउँपालिका द्धितिय भएका छन् ।

मेलामा राष्ट्रिय भलिवल खेलाडी मिठु सुनार, नेपाल भलिबल संघ बागलुङका अध्यक्ष योगेश भण्डारी, प्रायोजक, सहयोगदाता तथा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

बडा दशैं मेलाको समापन समारोहमा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरु विष्णु खत्री, मिना लामा, ईश्वर सिंहले आफनो साङ्गितिक प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रम खड्ग कालीका युवा क्लवका अध्यक्ष शिशिर बम मल्लको अध्यक्षता, सल्लाहकार सदस्य चक्रवती शर्माको स्वागत तथा सदस्य हेमन्त खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय