गुल्मीका स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम फ्रिज !

प्रेम सुनार गुल्मी । गत आर्थिक वर्ष २०७९/०८० का लागि संघ र प्रदेश सरकारबाट विनियोजित भएको कुल बजेट मध्य गुल्मीका १२ वटा स्थानीय तहमा ३४ करोड भन्दा बढी रकम खर्च हुन नसकी फ्रिज गएको छ ।

प्रायः अधिकांश स्थानीय तहले पुँजिगत अर्थात विकास बजेट फ्रिज हुन बाट जोगाएका छन् । संघ र प्रदेशबाट चालु तर्फको बजेटमा बढी फ्रिज भएको छ । पुँजिगत तर्फ बढि रकम प्रदेशबाट विनियोजित छ । कारणःअन्तिम चरणमा कार्यक्रम वा कुनै विकास योजना पठाउनु रहेको कमर्चारीहरु बताउँछन ।

सुकुम्वासीहरुको घर निर्माण कार्य सम्पन्न भए पनि बेलैमा भुक्तानीको फाईल पेश नगर्दा सबै भन्दा ठुलो रकम सत्यवती गाउँपालिकमा फ्रिज गएको छ । त्यस पालिकामा साढे ४ करोड बढि रकम फिज गएको छ । त्यस्तै प्रशासकीय भवन निर्माणको काम निर्माण व्यवसायीले बेलैमा नसक्दा झण्डै २ करोड फ्रिज सहित झण्डै साढे चार करोड द्रोसो ठुलो रकम मुसिकोट नगरपालिकामा फ्रिज गएको छ ।

साढे ३ करोडको हाराहारीमा रकम फिर्ता पठाउने पालिकाहरुमा चन्द्रकोट र धुर्कोट गाउँपालिका परेका छन् । साढे दु्ई करोडको हाराहारीमा बजेट फिर्ता पठाउने गाउँपालिकाहरुमा छत्रकोट, ईस्मा, मालिका र मदाने गाउँपालिका परेका छन् ।

साढे १ करोडको हाराहरीमा रकम फिर्ता पठाउने कालिगण्डकी, गुल्मीदरवार, रुरुक्षेत्र गाउँपालिका र रेसुङ्का नगरपालिका परेको छ । कुल बजेटको प्रतिशतमा हिसाव गर्दा जिल्लामा सबै भन्दा कम बजेट फिर्ता गराउने रेसुङ्गा नगरपालिका देखिन्छ । पालिकागत फिर्ता रकमको आकारमा भने सबै भन्दा कम फिर्ता पठाउने गुल्मीदरवार गाउँपालिका परेको छ । जसले डेढ करोड भन्दा कम रकम फिर्ता पठाएको विवरण हामीलाई उपलब्ध गराईएको छ । हेरौं यस्तो छ पालिकागत खर्च विवरण –

कालिग्ण्डकी गाउँपालिका कुल बजेट ५५ करोड ८१ लाख चालू तर्फ खर्च ३४ करोड १८ लाख ८८ हजार ४४७। कुल खर्च प्रतिशत ८८.०१ । पूँजीगत तर्फ खर्च १३ करोड ७६ लाख ७ हजार ४७२ । समग्रमा ८५ प्रतिशत खर्च । फ्रिज रकम १ करोड ८५ लाख रहेको आर्थिक प्रशासन शाखा प्रमुख होबनाथ पौडेलले जानकारी दिए । बिकास तर्फ सबै भन्दा बढी फ्रिज रक्स्म लुङ्ग सपाङ्गे मोटर बाटोमा काम हुन नसकी करिव ४६ लाख फिर्ता गएको अन्य रकम तलब भत्ता लगाएतमा खर्च हुन नसकेको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्लीको भनाई छ ।

चन्द्रकोट गाउँपालिका – कुल बजेट ५३ करोड ६१ लाख ५३ हजार । कुल खर्च प्रतिशत ८६.६४ प्रतिशत । चालु तर्फ बजेट ३६ करोड ९४ लाख ४७ हजार । खर्च ३१ करोड ८५ लाख ९ हजार ३२२ । खर्च प्रतिशत ८६.२१ ।

पूँजीगत बजेट १६ करोड ६७ लाख ६ हजार । खर्च १४ करोड ६० लाख ८४७ । खर्च प्रतिशत ८७.६१ । करोड ५३ लाख ६१४ खर्च हुन नसकी फिर्ता गएको आर्थिक प्रशासन शाखा प्रमुख बसन्तप्रसाद रिजालले जानकारी दिए । त्यहाँका प्रमुख प्रशासकिय अधिकृत बिष्णुप्रसाद भुुसालले भने प्रदेशबाट आएका कतिपय बजेट यहाँ कार्यन्वयन नै गर्ने नमिल्ने मापदण्डका आएका थिए भने कतिपय कार्यन्वन नै गर्न नसकिने अन्तिम समयमा आउँदा केहि ठुलो रकम फिर्ता हुन पुगेको हो ।

सत्यवती गाउँपालिका कुल बजेट ६१ करोड ५३ लाख ८० हजार २४८। कुल खर्च ४७ करोड २८ लाख ८७ हजार ८७४ । (खर्च प्रतिशत ७६.८४, चालु खर्च ३३ करोड ६१ लाख ३१ हजार ४७४ । –९ खर्च प्रतिशत ७९.७६। पूँजीगत खर्च १३ करोड ५९ लाख ५६ हजार ४९८ । खर्च प्रतिशत ७०.४५)

कुल साढे ४ करोड रुपैयाँ फ्रिज भएको आर्थिक प्रशासन प्रमुख सुर्यबहादुर थापाले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भु्सालले भने प्रदेशबाट सुकुम्वासी वस्तीका लागि २४ वटा घर निर्माणका लागि परेको बजेटमा घर बन्दै थिए । उपभोक्ताहरुले त्यसको फाईल हिसाव क्लेज गर्ने दिनको साँझ ९ बजे मात्रै लिएर आउँदा त्यति ठुलो रकम फ्रिज भएको हो ।

रुरुक्षेत्र गाउँपालिका कुल बजेट ५८ करोड ४५ लाख ८६ हजार १४६ । कुल खर्च ४९ करोड ५ लाख ३८ हजार २२२ रुपैयाँ (खर्च प्रतिशत ७८.९८) । चालु तर्फ खर्च ३२ करोड ८२ लाख २९६ । (खर्च प्रतिशत ८७.०९) । पुँजिगत खर्च १६ करोड २२ लाख ३७ हजार ९२६ । (खर्च प्रतिशत ६६.४६) । १ करोड ७६ लाख ३८हजार रकम खर्च हुन नसकी फिर्ता गएको आर्थिक आार्थिक प्रशासन शाखा प्रमुख यमबहादुर कार्कीले जानकारी दिए । बिकास तर्फ प्रशासकिय भवन निर्माणको केहि रकम र शितभण्डारको झण्डै ५० प्रतिशत बजेट काम हुन नसकी फिर्ता भएको प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बताए ।

छत्रकोट गाउँपालिका कुल बजेट ६० करोड ९ लाख ८३ हजार १० । कुल खर्च ५२ लाख ८ हजार ६७४ । (खर्च प्रतिशत ८५.२८) चालु तर्फ बजेट ३८ करोड ५ लाख ८९ हजार ८८९ । खर्च ३३ करोड ६ लाख ४५ हजार ३७ रुपैयाँ । (खर्च प्रतिशत ८६.८८) । पूँजीगत बजेटः २२ करोड ९२ लाख ४० हजार २१२ । खर्चः १८ करोड ९४ लाख ४२ हजार ६३७ । (खर्च प्रतिशत ८२.६४) । फ्रिज रकम २ करोड ४३ लाख रहेको आर्थिक प्रशासन शाखा प्रमुख सन्तोष जिसीले जानकारी दिए । विकास तर्फ ठुलो रकम फ्रिज नगएको, स्वाथ्यकर्मी, कर्मचारीहरुको तलव र प्रशासनिक खर्च फिर्ता हुन गएको प्रमुख प्रशासकिय अधिकृत बीरबहादुर पुनले प्रतिकृया दिए ।

गुल्मीदरबार गाउँपालिका कुल बजेट ५५ करोड ६३ करोड ३९ हजार ९८७ । कुल खर्च ४७ करोड ४ लाख ७ हजार ९६२ । चालू बजेट३६ करोड ८९ लाख २४ हजार ९८७। खर्च ३२ करोड २३ लाख २१ हजार ६३३ । (खर्च प्रतिशत ८७.३७) । पुँजीगत बजेट १८ करोड ७४ लाख १५ हजार खर्च १४ करोड ८० लाख८६ हजार ३२९ । आर्थिक प्रशासन शाखा प्रमुख टेकराज गिरिले १ करोड ३४ लाख १२ हजार ४१७ रुपैयाँ फिज गएको जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीका अनुसार खोलामुखा खानेपानी योजनाको झण्र्डै ५० प्रतिशत रकम बराबर काम हुन नसकी झण्डै ५० लाख फ्रिज हुन गएको छ । अन्य विकास योजनामा ठुलो रकम फिर्ता गएको छैन ।

रेसुङ्गा नरपालिका – ६७ करोड ५१ लाख ३३ हजार १९५ । चालु तर्फ खर्च ३९ करोड ४८लाख १ हजार १९५ । पूँजीगत खर्च २० करोड ८५ लाख ७४ हजार ७१७ । (खर्च प्रतिशत ८६.०१६) । १ करोड ७२ लाख १६ हजार ३ रुपैयाँ खर्च हुन नसकी फिर्ता भएको आर्थिक प्रशासन शाखा प्रमुख विन्दु पन्थीले जानकारी दिईन । प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जुन शिर्षकमा बजेट परेको हो त्यही शिर्षकमा मात्रै खर्च गर्नु पर्ने पाईने सर्शतको मात्रै काम हन नसकी फिर्ता भएको बताए ।

मुसिकोट नगपालिका कुल बजेट ७४ करोड ३३ लाख ५२ हजार ७६७ कुल खर्च ६१ करोड ६१ लाख ७३ हजार ४१३ । (खर्च प्रतिशत ८२.८९) । चालु तर्फको कजेट ४६ करोड ३० लाख २ हजार ७७९। खर्च ४० करोड ३८ लाख ७८ हजार ७९ रुपैयाँ (खर्च प्रतिशत ८७.२३) पुँजिगत बजेट २८ करोड ३ लाख ४९ हजार ९८८ ।

खर्च २१ करोड २२ लाख ९५ हजार ३३४ । सबै भन्दा ठुलो रकम संघबाट आएकाृ बजेट ४ करोड १७ लाख ६५ शजार १०७ रुपैयाँ काम हुन नसकी फिर्ता भएको छ । प्रदेशको जम्मा १६लाख ८० हजार ६०१ रुपैयाँ फिर्ता भएको छ । कुल ४ करोड ४४ लाख ५ हजार १०८ रुपैयाँ फ्रिज आर्थिक प्रशासन शाखा प्रमुख बालकृष्ण गौतमले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवरले प्रशासनिक भवन निर्माण्मा निमार्ण ब्यवसायीले समयमै काम नसक्दा झण्डै २ करोड रकम त्यसै भवनको बजेटमा फ्रिज हुन गएको बताए ।

इस्मा गाउँपालिका कुल बजेट ५१ करोड ३० लाख २५ हजार २१९ । चालू तर्फ ३१ करोड ३४ लाख ६२ हजार २६७ (खर्च प्रतिशत ८२.११ । चालू तर्फ खर्च ८४.४१ प्रतिशत । १ करोड ७४ लाख ९१ हजार २५९ खर्च हुन सकेन । पूँजीगत तर्फ ४९ करो्ड ४७ लाख ३ हजार ६१४।

कुल २ करोड १४ लाख फिर्ता भएको आर्थिक प्रशासन शाखा प्रमुख अशोक कुमार खडकाले जानकारी दिए । कतिपय योजनाहरु जग्गा प्राप्ती नहुँदा ठेक्का लाग्न नसकी फिर्ता भएको प्रमुख प्रशासकिय अधिकृुत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

मालिका गाउँपालिका कुल बजेट ६० करोड ६ लाख ४ हजार ९११ । कुल खर्च ५३ करोड ९० लाख ४ हजार ८४७ । (कुल खर्च प्रतिशत ८८.३० चालू तर्फ ३४ करोड २१ लाख ७७ हजार ७५२ । (खर्च प्रतिशत ८९.३०) पूँजीगत बजेट २१ करोड ६७ लाख १८ हजार १०० । खर्च १८ करोड ७७ लाख ९५ रुपैयाँ । (खर्च प्रतिशत ८६.६२) संघ र प्रदेशको गरि कुल अनुदान रकम २ करोड ९५ लाख फिर्ता भएको आर्थिक प्रशासन शाखा प्रमुख रामकुमार केसीले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृुत विकास खनालका अनुसार विकास निर्माण् तर्फ ठुलो रकम फिर्ता भएको छैन ।

मदाने गाउँपालिका कुल बजेट ५९ करोड ९४ लाख ९७ हजार । चालू ३४ करोड ५५ लाख ३१ हजार खर्च २९ करोड २२ लस्ख ९९४ । (कुल प्रतिशत ८४.८६) पूँजीगत २५ करोड ३९ लाख ६६ हजार । खर्च २१ करोड २३ लाख १७ हजार ६८४ । (खर्च प्रतिशत ८३.०६ ५) चालू तर्फ २ करोड २३ लाख १८ हजार ५०४ । कुल २ करोड २३ लाख १८ हजार ५०५ रुपैयाँ फ्रिज गएको आर्थिक प्रशासन शाखा प्रमुख तारा भट्टराईले जानकारी दिईन ।

धुर्कोट गाउँपालिका कुल बजेट ६५ करोड ४९ लाख ७८ हजार । चालू तर्फ ३७ करोड ४१ लाख ३१ हजार। खर्च प्रतिशत ८७.३४ पुजिगत २० करोड २३ लाख ४ हजार । (खर्च प्रतिशत ८९.२७) । सबै भन्दा ठूलो रकम पनाहखोला पक्की पुलको काम हुन नसक्द ५७ लाख ४० हजार ९९१ फिर्ता हुन गएको र कुल कुल ३ करोड ५७ लाख ४ हजार ८८९ फिर्ता गएको आर्थिक प्रशासन शाखा प्रमुख तेजेन्द्र थापाले बताए । प्रमुख प्रशासकिय अधिकृत ज्ञानुराम पन्थीले खुर्पाखोला झोलुङ्गे पुल सम्पन्न भएर पनि बढि भएको १४ लाख ३४ हजार रकम राज्य कोषमा फिर्ता पठाईएको बताए ।

यता कोष तथा लेखा निरिक्षकको कार्यालय मार्फत आउने जिल्लाभरका सरकारी कार्यालयहरुमा कुल ८९ करोड ३५ लाख ८६ हजार ६३१ रुपैयाँ फ्रिज भएको समाचार यस अघि बाहिर आईसको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय