कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रधावले देशका पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश एक, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यो पनि पढ्नुहोस् – काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा हलचल शुरु भएको छ । तत्काललाई रास्वपाले विश्वासको मत फिर्ता नलिएपनि प्रधानमन्त्रीलाई भने पटकपटक झस्काउने तिर राजनीति मोडिएको छ । पूर्ववत सहमतिबाट पन्छिएको माओवादी केन्द्रले आफैलाई समस्यामा पारेको छ ।

सरकारमा रहेको कुनै एक दलले मात्रै समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले पुनः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। संविधानको धारा १ सयमा सरकारमा सामेल कुनैपनि दलले विश्वासको मत फिर्ता लिएमा पुनः प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वास रहेको जानकारी दिनुपर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ रहेको छ।

सरकारबाट बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान मन्त्रीहरुले आज बोलाएको पत्रकार सम्मेलनलाई स्थगित गरेका छन्। यद्यपि यसको कारण खुलाइएको छैन। आजै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच पनि भेटवार्ता भएको थियो । पछिल्लो राजनीतिक अवस्था जटिलता तर्फ अगाडि बढिरहेकोले रास्वपासँग प्रचण्ड लचिलो बन्ने देखिएको छ ।

सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिमा सहमति नजुटिरहेको बेला रास्वपाको बहिर्गमनले प्रधानमन्त्री प्रचण्डलाई जोखिममा पु¥याएको छ। एमालेले राष्ट्रपतिमा अडान लिइरहेका बेला माओवादी केन्द्र राष्ट्रिय सहमति खोजिरहेको छ । सरकार बनेको ४१ दिनमै अस्थिरता कायम हुने संकेतले जनतालाई भने निराश तुल्याएको छ ।

एकातिर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको केन्द्रीय समिति बैठकमै प्रचण्ड नेतृत्वको सरकारको भविष्य आगामी चैतसम्म मात्रै हुन सक्ने उद्घोष गर्नुभएको थियो।सत्ता साझेदार दलहरुबीचको खटपटमा खेलेर कांग्रेस र एकीकृत समाजवादी माओवादीलाई एमालेबाट छुटाउँदै फरक समीकरण बनाउन चाहन्छन् । त्यसका लागि उनीहरुले आफ्नोतर्फबाट घनीभूत छलफल समेत गरिरहेका छन् ।

यहीबेला प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुस १० गते सांसदहरूको हस्ताक्षर गर्दै सरकारमा गएको ४१ दिनपछि माघ २२ गतेबाट रास्वपा औपचारिक रूपमा सरकारबाट बाहिरिएको छ । पुस २६ गते प्रतिनिधि सभा संसदमा कांग्रेसले समेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि एमाले झस्किन पुगेको छ । कांग्रेसले विश्वासको मत दिएपछि पछिल्लो समीकरण बनाउन भूमिका खेलेको एमालेले आफूलाई कमजोर महसुस गरेको छ । समग्रमा हेर्दा सरकारको आयू लामो नभएको संकेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय